कोरिया पुगेको तीन महिनामै नेपालीको मृत्यु

सिओल, फागुन १७ – रोजगार प्रक्रिया प्रणाली अन्र्तगत तीन महिना अगाडी दक्षिण कोरिया आएका एक नेपाली युवाको मृत्यु भएको छ । राजधानी सिओल देखि झण्डै चार सय कि.मी. टाढा मोक्पो स्थित सिन्हान टेक नामक प्लास्टिक कम्पनिमा कार्यरत बाग्लुङ जिल्ला नारायणस्थान गा.बि.स.वडानम्बर ९ बलेवा स्थायी ठेगाना भएका बर्ष २४ का अविवाहित युवक अर्जुन अखेलीको शनिबार निधन भएको हो ।
शनिबार बेलुका टेलीभिजन हेदै गरेको अबस्थामा अकस्मात बेहोस भएपछि सँगै रहेका कम्पनिका कार्यरत साथीहरुले अस्पताल पुरयाएतापनि अस्पतालले उनलाई राती दश बजे मृत घोषित गरेको जानकारी प्राप्त भएको छ ।
यसै घटनाको बिषयमा कोरिया स्थित नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुङ्गसँग जानकारी माग गर्दा आईतवार दुतावास सार्बजनिक बिदाका कारण बन्द रहेकोले कुटनीतिक प्रक्रियाद्धारा नेपालमा परिवारजनलाई खवर नपुगेको र दुतावास खुल्ने बित्तिकै खबर गरिने जानकारी दिए ।
स्मंरण रहोस कोरियामा दुतावास स्थापनादेखि हालसम्मको तथ्याङ्क हेर्दा सत्तरीको हाराहारीमा नेपाली युवायुवतीको विभिन्न कारणले मृत्यु भएतापनि पछिल्लो समयमा कोरियामा नेपालीको मृत्युका कारणका बिषयमा खासै सरकारले चासो दिएको पाईदैन ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget