६१ लाखमा नायिका नन्दीता केसी बनिन् दिलिप रायमाझीकी श्रीमती;

नायिका नन्दीता केसी र  नायक दीलिप रायमाझी श्रीमान श्रीमतीको भुमीकामा देखिने भएका छन् । अभिनेत्री केसी र अभिनेता रायमाझी चलचित्र ‘लोग्ने मान्छे’ मा श्रीमान श्रीमतीको भुमीकामा देखिने भएका हुन ।

प्रदीप मित्तलले निर्माण गरेको यो चलचित्र  लय संग्रौलाले निर्देशन गरेका हुन् । टेलिफिल्म निर्देशनमा चचिर्त मानिएका संग्रौलाको यो पहिलो चलचित्र हो । फिल्ममा पुरुषबाट प्रताडित हुने नारीको कथालाई उठान गर्न खोजिएको बताईएको छ ।


चलचित्र ‘लोग्ने माज्न्छे’को आईतबार राजधानीमा अडियो बिमोचन गरिएको छ ।
चलचित्रमा श्रीमानलाई माया गर्ने एक नारीको भूमिका निर्वाह गरेको नायिका केसीले बताएकी छन् । २ वर्ष पछि पुनः आफू चलचित्र क्षेत्रमा फर्किएको उनले बताएकी छन् ।

माघ २३ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘लोग्ने मान्छे’ को परिकल्पना उत्तम केसीले गरेका हुन । कृष्ण श्रेष्ठको छायाँकन रहेको यस चलचित्रमा कविराज गहतराजको नृत्य र रोशन श्रेष्ठको द्धन्द रहेको छ ।

चार गीत समावेश गरिएको  यस चलचित्रमा चेतन सापकोटाको संगीत तथा लय संग्रौलाको शब्द छ भने स्वरुपराज आचार्य, दीपक लिम्बु, माण्डवी त्रिपाठी, इन्दिरा जोशी, अन्जु पन्तको आवाज समावेश गरिएको छ । कार्यक्रममा एल्बममा समावेश २ वटा गीतको भिडियो पनि देखाइएको थियो ।  ६१ लाखको लगानीमा बनेको यो चलचित्र माघ २३ गतेबाट अल नेपाल रिलिज हुँदै छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget