केपी ओली नयाँ जंगबहादुर बन्न खोजेको बाबुरामको आरोप

भीमदत्तनगर, माघ २८
एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलार्इ जंगबहादुर बन्ने सपना नदेख्न आग्रह गरेका छन् । क्रान्तिकारी पत्रकार सङ्घले आज महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेता बोल्दै नेता भट्टराईले एमाले अध्यक्ष ओलीप्रति व्यङ्ग्य गर्दै उनलार्इ नयाँ जंगबहादुर बन्ने सपना नदेख्न आग्रह गरेका हुन् । 'केपी ओलीजी नयाँ जंगबहादुर बन्न खोज्दै हुनुहुन्छ', बाबुरामले ब्यंग्य मिश्रित स्वरमा भने, 'अहिलेको जमानामा नयाँ जंगबहादुर बन्ने सपना नदेखेकै राम्रो हुन्छ ।'  बृहत् शान्ति सम्झौता र १२ बुँदे सहमतिमा प्रत्यक्ष रहनुभएका गिरिजाप्रसाद कोइराला नहुँदा पनि सङ्कटमाथि सङ्कट आइरहेको उनको भनाइ थियो।

भट्टराईले सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा (एमाले) तथा विपक्षी एकीकृत नेकपा माओवादी र मधेसवादीदलबीच सहमतिले मात्रै संविधान जारी हुन सक्ने बताएका छन्।

क्रान्तिकारी पत्रकार सङ्घले बुधबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले काँग्रेस र एमालेको नेतृत्वले परिवर्तन संस्थागत गर्न नचाहेकै कारण सहमति हुन नसकिरहेको आरोपसमेत लगाए।

प्रश्नावली समिति भङ्ग गर्न नसकिए स्थगन गरेर भए पनि प्रक्रिया रोक्न आग्रह गर्दै उनले एमाले, काँग्रेस वा प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक वक्तव्य जारी गरे आफूहरु वार्ता तथा संवादमा बस्न तयार रहेको बताए।

नेता डा भट्टराईले सबै राजनीतिक दलहरुले आ–आफ्नै अडानमा बसेपनि आधारभूत विषयमा सहमति गर्नुपर्नेमा जोड दिए।“चार शक्तिबीचको सहमतिमा मात्रै दिगो संविधान जारी हुन्छ।” भट्टराईले भने– “प्रश्नावली समिति भङ्ग गर्न नसकेपनि स्थगत गरेर सहमतिको वातावरण मिलाउन पर्छ।”
भिडियो हेर्न तल  क्लिक गर्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget