काठमाडौं, माघ २८/नेपाली सेनाको इतिहासमा अर्को ठूलो दुर्घटनाको खतरा टरेको छ । राष्ट्रपति कार्यालयले हस्तक्षेप नगरेको भए सेनापतिकोख रोलक्रम नै तल माथि भइसक्ने थियो । माघ १६ गते सहित दिवसको दिन भावी सेनापतिमा नियुक्ति हुने चलखेलमाथि शीतल निवासले तेस्र्याइदिएको कानुनी अड्चन तगारो बन्न पुगेको हो ।
जंगी अड्डाको दोस्रो बरियताका जर्नेल पवनबहादुर पाँडेलाई नियम संशोधन गरी एक वर्ष म्याद थप्ने सेनापतिको रोलक्रममा हाल्ने योजना थियो । सोहीबमोजिम उनले सेवा अवधिका कारण अवकाश पाउने मुखैमा सैनिक ऐन २०६३ को अनुसूचि ३ दफा १७ को १।२।३ संशोधन गराउन खोजेका थिए ।
यसका निम्ति प्रधानमन्त्री र उनका निकट व्यक्तिहरुको समेत मन जिती सकिएको थियो । उक्त दफा लेफ्टिनेन्ट जर्नेलको उमेर र कार्याविधिमा सम्बन्धित छ । यदि त्यसमा संशोधन गर्न सकिएको भए माघ १८ गते घर नगाई उनी अहिलेकै दर्जामा अरु १ वर्ष कायम रहने थिए र सोहीबीच ६१ वर्षको उमेर अर्थात् ३ वर्षसम्म ढुक्कै सेनापति बन्न पाउँथे ।
यसो गर्दा ६ महिनापछि सेनापतिको रोलक्रममा रहेका राजेन्द्र क्षेत्रीको बाटो केही वर्षका लागि छेकिने थियो । जनआस्था साप्ताहिकले खबर छापेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment