बेलायतमा नेपालीले नर्सिङ् होम किने

२०७१ माघ २८ गतेलन्डन । बेलायतमा बस्ने एक नेपालीले यहाँको एक नर्सिंङ् होम खरिद गरेका छन् ।
बेलायतमा बस्दै आएका नेपाली बीपी खनालले लन्डनबाट करिव एकसय ५० माइल टाढा वेल्समा एभेन्यू रोड नर्सिङ होम खरिद गरेका हुन् ।
उनले २८ करोड रुपैंयाँमा नर्सिङ होमको खरिद गरेका हुन् । खनालले सोमवारबाट नै उक्त नर्सिङ होमको स्वामित्व लिएका छन् ।
तीन वर्ष अघि वेल्समै अर्को नर्सिङ होम किनेर सञ्चालन गर्दै आएका थिए । तीन वर्षअघि १३ करोड रुपैयाँमा किनेको नर्सिङ होम पनि सञ्चालनमै छ ।
विरामीले उक्त नर्सिङ होममा साताको दुई लाख रुपैयाँसम्म खर्च गरेर उपचार गर्ने गरेको बताइएको छ । खनालले बेलायतकै विभिन्न कलेज, अनलाइन रिटेल लगायत अन्य क्षेत्रमा समेत लगानी गरेको वी नेपालीले जनाएको छ ।

भिडियो हेर्न तल  क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget