माघ २८,
हालै मात्र स्विजरल्याण्डको एक बैंकमा कालो धन राख्ने विश्वका हजारौ मानिसको नाम सार्वजनिक भएपछि तहल्का नै मच्चिएको छ । यो सूचीमा बलिउडकी एक चर्चित अभिनेत्री पनि परेकी छिन् ।
भाष्कर दैनिकका अनुसार बलिउड अभिनेत्री महिमा चौधरी पनि कालोधन राख्ने व्यक्तिको सूचीमा परेकी छिन् । उनले सरकारलाई राजस्व वुझाउनु पर्ने भयले स्विजरल्याण्डको एचएसबीसी बैंकमा कालो धन लुकाएको खुलासा भएको हो ।
११९५ व्यक्तिको सूचीमा पर्ने महिमा बलिउडकी एक मात्र कलाकार हुन् । यो एकाउन्टमा रकम जम्मा गर्ने व्यक्तिहरुको कुल रकम २५ हजार ४ सय करोड छ । जसमा महिमाको खातमा कति कालोधन छ भन्ने खुल्न आएको छैन । यो बिषयमा महिमाले अहिलेसम्म केही पनि बोलेकी छैनन् ।
महिमाको नाम भारतका धनाढ्य मुकेश अम्वानी, स्मिता ठाकरे, सुरिन्दर कपूर जस्ता मानिससँग जोडिएको छ । दार्जलिङमा जन्मिएकी महिमाले सुभास घइको 'परदेश'बाट बलिउडमा डेब्यू गरेकी हुन् । उनले आफ्नो पहिलो फिल्मबाट नै फिल्मफेयर अवार्ड जितेकी थिइन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment