सिन्धुलीको क्यनेश्वर गाविसमा बोक्सी भन्दै स्थानीयहरुले ४ महिला र १ पुरुषलाई मलमुत्र मुखमा कोच्याइदिएका छन् ।
साथै ती महिला र १ पुरुषलाई निर्घात कुटपिट गरिएको छ । कुटपिटबाट उनीहरु घाइते भएका छन् । थीङ जातिको मानिसहरुलाई यसरी बोक्सीको आरोप लगाइएको हो । सोनीमाया थिङ र श्रीमान सानुमान थिङ सञ्चीमाया थिङ, स्याङतान भनिने महिला र लिलामाया थिङलाई बोक्सीको आरोप लगाइएको छ ।
बोक्सीको आरोप लगाइएकाहरुलाई केही दिन स्थानीयले बन्धक बनाएर राखेको पनि पिडितले बताएका छन् । केही साताअघि गाउँकै एक पुरुष व्यक्तिको मृत्यु भएपछि त्यो पुरुषलाई तिमीहरुले नै खायौ भन्दै कुटपिट गरेको पीडितले गुनासो पोखेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment