माघ २८, के यस्तो हुन सक्ला, कुनै शिशुको जन्म हुन्छ अनि जन्मसंगै ती शिशुको गर्भमा जुडुवा बच्चा पनि । हामीले यस्तो प्रश्न गरीरहदा तपाईहरुलाई यो कस्तो प्रश्न गर्छ भन्ने लागीरहेको होला । तर हामीले जे भन्यौ त्यो कुनै काल्पनिक या बनावटी कुरा नभई कुनै राष्ट्रमा घटेको सत्य घटना हो ।
मेट्रोको खबर अनुसार सुन्दा निकै आश्चयचकित बनाउने यस प्रकारको घटना चीनको क्वीन एलिजावेथ अस्पतालमा घटेको हो । जहाँ यस्तो शिशुको जन्म भयो, जसको गर्भमा दुई जुडुवा भूण मिल्यो ।
तपाईलाई सुन्दा अचम्म लाग्ला गर्भको भित्र दुवै भ्रुणको हात खुट्टा, ढाड लगायत अन्य अंगको विकसति भैसकेको मेडिकल जाँचमा पाइएको थियो । जसले सबै जनाको होस उडाई दिएको थियो । डाक्टरहरुका अनुसार दुवै बच्चाको भ्रुणमा छाला भेटिएको थियो ।
जुन एक १४ दशमलव २ र अर्को ९ दशमलव ३ ग्रामको थियो । ती शिशु जन्मिएपछि उसको पेट भित्र रहेको भू्रणलाई सर्जरी गरी हटाउने निर्णय गरियो । तर यस्तो अवस्थाको अपरेशन गर्नु निकै अप्ठ्यारो हुने डाक्टरहरुले बताएका छन् । यस्तो घटना या यस्तो शिशु पाँच लाख मध्य एकमा हुने बताइएको छ ।
यस्तो दुर्लभ घटनाको बारेमा डाक्टहरुले अहिले पनि आफ्नो अध्ययन जारी राखेका छन् । तपाईहरुको जानकारीको लागि हामी यो पनि बताउँछौ कि यसअघि भारतमा एक पुरुषको गर्भमा बच्चा थियो भन्ने खबर पनि यस्तै हो । वास्तवमा त्यस व्यक्तिको पेटमा उसको भाई थियो ।
उसको जुडुवा भाई जो विकासको लागि उसको गर्भमै रहेको थियो । ( एजेन्सीको सहयोगमा )
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment