संसदीय समितिमा रिसाए पारस खड्का

 नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटको विकासमा गफमात्रै लगाउने प्रवृत्तिप्रति अपत्ति प्रकट गरेका छन् । आज संसदको विकास समितिले क्रिकेटको पूर्वाधार विकासका विषयमा गरेको छलफलमा पारसले सरोकारवालाहरु जिम्मेवार र पारदर्शी हुनुपर्ने बताए ।


सरकारले दिएको २० करोड रुपैयाँ क्रिकेटको विकासमा एक प्रतिशत खर्च पनि नभएको प्रति आक्रोस पोख्दै खड्काले त्रिभुवन विश्वविद्यालयको खेल मैदान पनि खेत जस्तै बनेकोमा दुख प्रकट गरे । चाहने हो भने तीन महिनामा धेरै गर्न सकिने बताउदै खड्काले कम्तीमा पनि त्रिविको मैदान अन्तराष्ट्रिय प्रतियोगिताका लागि तयार गर्न माग गरे ।

क्रिकेट भावनामा मात्रै नखलिने भन्दै उनले क्यान तथा मन्त्रालय कसैले पनि क्रिकेट विकासको लागि जिम्मेवारी नलिएको आरोप लगाए । बैठकमा युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले क्यानका केही पदाधिकारीले नेपाली टीमको उधोगति चाहेको भन्दै पारसको कप्तानीमा नेपालले हारोस् भन्ने चाहानेहरुका कारण क्रिकेटको विकस नभएको आरोप लगाए ।

समितिले गरेको निर्णय यस्तो छः

संविधानसभा÷व्यवस्थापिका–संसद,विकास समितिको मिति २०७१।१०।२६ गतेसभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको हुँदा समाचार सामाग्रीको रुपमा प्रचार प्रसार गरी दिनुहुन अनुरोध छ ।

समितिको आजको बैठकमा देशको समग्र खेलकुद विकास विशेष गरी क्रिकेट खेलकुदको विकास तथा मूलपानी लगायतका क्षेत्रमा निर्माण हुन लागेका क्रिकेट खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपालक्रिकेट संघ (CAN) का पदाधिकारी हरुसँग छलफलभयो । छलफल पश्चात देहाय बमोजिमको निर्णय भयो ।

१ हालै नेपालको क्रिकेट खेलमा डिभिजन –२ बाट डिभिजन –१ मा स्तरोन्नति भएको र निकट भविष्यमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेल सञ्चालन गर्नु पर्ने भएको हुँदा त्यसको लागि अविलम्व महत्वपूर्ण क्रिकेट खेल मैदानहरु तयारी हालतमा राख्ने सम्बन्धमा सहजताका साथ बजेट निकासा उपलब्ध गराउन तथाप्राप्त बजेट अनुसार खर्च गर्ने क्षमता विकास गरी मर्मत निर्माणका कार्यहरुमा तदारुकताल्याउन अर्थ मन्त्रालय तथा युवातथा खेलकुद मन्त्रालयलाई समिति निर्देश गर्दछ ।

२ क्रिकेट खेलको विकासको लागि खेल मैदानपहिलो र महत्वपूर्ण पूर्वाधार भएकाले राजधानीलगायत नेपालका अन्यमहत्वपूर्ण स्थानहरुमा सुविधायुक्त खेल मैदानहरु विकास गर्न योजनावद्ध कार्यक्रमहरु सञ्चालनगर्न युवातथा खेलकुद मन्त्रालयलाई निर्देश गरिन्छ ।

३ खेलकुदको समग्र विकासको लागिमूलतःव्यवस्थापन र प्राविधिकक्षमता सम्बन्धी कमजोरी रहेको देखिएकोले निकट भविष्यमा सञ्चालनगर्नु पर्ने क्रिकेटको अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका लागि मूलपानी क्रिकेट मैदान, दशरथ रंगशाला, कीर्तिपूर खेलमैदान र पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पस खेल मैदानहरु मध्ये छोटो समयमै विकास, मर्मत सुधार गर्न सकिने खेल मैदानहरु चयन गरी खेलमैदानका स्थानीय समस्याहरु समयमै संबोधन गरी आवश्यक निर्माणका पक्षहरुमा शीघ्रता ल्याउन समिति निर्देश गर्दछ ।

४ खेलमैदानहरु निर्माण लगायत क्रिकेट खेलको विकासको लागियसको गुरु योजनाबनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरी पूर्व तयारी साथविभिन्न क्षेत्रहरुमा उपयुक्त खेल मैदान विकासका साथै नेपाली खेलाडीलाई आधारभूत सेवा तालिमहरु उपलब्ध गराउने सम्बन्धमा बहुवर्षिय योजनका खाका बनाई वर्षेनी ठोस कार्यक्रमहरु सम्पन्न गर्दै जाने योजना व्यवस्थापन गर्न युवातथा खेलकुद मन्त्रालय तथा अर्थ मन्त्रालयलाई निर्देश गरिन्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget