घरायसी विवादका कारण स्थानीय सिताराम सहनीको १८ बर्षीय श्रीमति सरिता सहनीले आफ्नै जिउमा मट्टीतेल छर्की आगो लगाई आत्महत्या गरेकी स्थानीयहरुले बताए । करीब २ महिना पहिला मात्र सितारामसँग वैवाहिक बन्धनमा बाँधिएकी सरिता श्रीमानसँग झै–झगडाका कारण आत्महत्या गरेकी हुनसक्ने बताइएको छ ।
राजा भन्ने आफ्नै देबर राजाराम सहनीसँग सरिताको अनैतिक सम्बन्ध रहेको बिषयमा गाँउमा पटक–पटक छलफल गरि सम्झाई बुझाई गरेपनि उनीहरु आफ्नो चालचलनमा सुधार गर्न सकेका थिएनन् । जसको कारणले घरमा दिनहुँ झै–झगडा हुँदै आएकोले सरिता तनाव सहन नसकेर आत्महत्या गरेकी हुनसक्ने बुझिएको छ ।
सरिताले आत्महत्या गरे लगत्तै आफन्तहरु फरार भएका छन् । घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरी धटनास्थलमा पुगी अनुसन्धान गरिरहेका छन भने फरार रहेका आफन्तहरुलाई खोजी तिब्र बनाएका छन ।
Post a Comment