भारत र पाकिस्तानबीच अर्को झगडा

२६ माघ, मुजफरावाद (पाकिस्तान)।


भारतीय अधिकारीहरूले एक ट्रक चालकलाई लागुपदार्थ ओसारपसार गरेको आरोपमा पक्राउ गरेपछि भारत तथा पाकिस्तानले विवादास्पद क्षेत्र कश्मीरमा हाल कायम सीमामा व्यापार स्थगन गरेको जानकारी पाकिस्तानी अधिकारीले आइतबार दिएका छन् ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि कश्मीर भारत तथा पाकिस्तानबीच विभाजित रहेको छ । दुबै मुलुकले उक्त क्षेत्र पूर्ण रूपमा आफ्नो भएको दाबी गरेका छन् ।




उनीहरूबीचको सीमामा सन् २००८ मा शान्ति प्रयासका रूपमा उत्पादन साटफेर व्यापार आरम्भ भएको थियो । यो व्यापार पनि विभिन्न विवादबीच पटकपटक अवरुद्ध बनेको छ ।

सीमाको पाकिस्तानी पक्षका व्यापार सहयोग अधिकारी बसरात इकबालले भारतीय अधिकारीले शुक्रबार साँझ उक्त दिनको बिहानै नियन्त्रण रेखा नाघेका २२ वटा पाकिस्तानी ट्रकलाई रोकिएको जानकारी दिएको बताए ।

उनले भारतीय अधिकारीले सुन्तला लिएर गएको एक ट्रकमा १२ किलोग्राम अफिम फेला पारेको र चालकविरुद्ध कारवाही गरिने जानकारी दिएको उल्लेख गरे । साथै उनले आफूहरूले पनि पाकिस्तानको कश्मीर पक्षमा ५० वटा भारतीय ट्रक रोकेको बताउनुभयो । उहाँले सीमाको दुबै पक्षमा यातायात एकैपटक हुने गरेको जानकारी दिनुभयो ।

पाकिस्तानी कश्मीर व्यापार तथा यातायात प्राधिकरणका महानिर्देशक इम्तियाज वायनले गैरकानुनी रूपमा मालसामान ओसारपसार गरेको आरोपमा भारतीय पक्षले पाकिस्तानी चालकमाथि कारवाही गर्न नपाउने बताए ।

उहाँले सम्झौताअनुसार भारतीय पक्षले पाकिस्तानी ट्रकमा केही प्रतिबन्धित सामान फेला पारेमा त्यस्तो ट्रक तथा ट्रक चालकलाई थप कारवाहीका लागि पाकिस्तानी पक्षलाई हस्तान्तरण गर्नुपर्ने बताए ।

उहाँले यस विषयमा विदेश मन्त्रालयका अधिकारीलाई जानकारी दिइएको र यसलाई अगाडि बढाउन आग्रह गरिएको बताए ।

वस्तु साटफेरका साथै यहाँ सीमामा पृथक भएका आफ्ना नातेदारलाई भेट गर्ने विशेष अनुमतिपत्र पनि दिइने गरिएको बताइएको छ । यी नातेदारका सहयोगका सातामा दुई दिन बस सञ्चालन हुने गरेको बताइएको छ । रासस÷एएफपी

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget