आइएसद्वारा अमेरिकी महिलाको हत्या

काठमाडौं, माघ २८ । अमेरिकाले उग्रबादी इस्लामिक आतंकबादी समूहको कब्जामा रहेकी एक २६ बर्षिया अमेरिकी महिला क्याला जिन मुलर हत्या गरिएको पुष्टी गरेको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले मुलरको हत्याप्रति खेद ब्यक्त गर्दै आईएससंग बदला साँध्ने धारणा ब्यक्त गरेका छन् ।
मुलरको हत्या पुष्टी लगत्तै ओबामाले प्रतिक्रिया दिंदै आइएसको हर्कत घृणित भएको र बिश्वका कुनै पनि नागरिकका लागि सहनशील नभएको धारणा ब्यक्त गरेका छन् ।
२६ बर्षिय अमेरिकी महिला मुलरलाई सिरियामा राहत सामग्री बितरणका क्रममा सन् २०१३ मा एल्लोपो शहरबाट आईएसले कब्जामा लिएको थियो । मुलरको हत्याले भने परिवारजनमा रुवाबासी चलेको छ ।
आइएससंग मुलरको रिहाईको लाागि बारम्बार आग्रह गर्दै आएको परिवारजनले आइएसले गरेको भूललाई भगवानले क्षमा नगर्ने बताएको छ ।
यसअघि आईएसले मुलर जोर्डनको हवाई हमलामा मारिएको ट्वीटर मार्फत जनाएको थियो ।


भिडियो हेर्न तल  क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget