नेपाली फकाउन भारतले २७ वटा कार्यक्रम ल्याउँदै, नेपालले गर्‍यो हस्ताक्षर

नेपाली फकाउन भारतले २७ वटा कार्यक्रम ल्याउँदै, नेपालले गर्‍यो हस्ताक्षर
काठमाडौं । नेपालमा भारत विरोधी गतिविधि बढेको भन्दै भारतीय सहयोगहरु त्यसलाई कम गर्ने प्रकारको आयोजनामा लगानी गर्ने तयारीमा भारत लागेको छ । नेपाल र भारतका राजदूतले संयुक्तरुपमा अध्यक्षता गरेको बीपी कोइराला नेपाल भारत फाउन्डेसनको मंगलबार नगरकोटमा सकिएको बैठकले यस्तो निस्कर्ष निकालेको हो ।
जनस्तरमा सम्बन्ध विस्तारका २०१६/१७ का लागि २७ वटा कार्यक्रमहरु स्विकृत गरिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यी कार्यक्रमहरु करिब तीन करोड बराबरका हुने पनि दूतावासले जनाएको छ । सोमबार र मंगलबार नगरकोटमा चलेको फाउन्डेसनको ३१ औं बोर्ड बैठकले नेपालमा भारतीय लगानीको परियोजना, साँस्कृतिक सम्बन्ध तथा लगानी र पूर्वाधार विकासलगायतका विषयमा छलफल भएको थियो ।
सन् २०१४/०१५ मा ९६ कार्यक्रम फाउन्डेसनले चलाएको थियो । यसै फाउन्डेसनको कार्यक्रममा सहभागी हुन भारतका नर्थ डेक्स प्रमुख अभय ठाकुर, भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय गत शनिबार नेपाल आएका थिए । बैठकमा भारतीय अधिकारीहरु नेपालमा धेरै कार्यक्रम गर्दा र सहयोग गर्दा पनि भारत विरोध भावना बढेको भनेर बढी चिन्तित देखिएको बैठकमा सहभागी एक अधिकारीले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget