भारतीय विदेश र गृहमन्त्रीले एकै स्वरमा भने–अब नेपाली आत्तीनु पर्दैन

 भारतीय विदेश र गृहमन्त्रीले एकै स्वरमा भने–अब नेपाली आत्तीनु पर्दैन
दिल्ली । भारतीय विदेश मन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले नेपालको पछिल्लो अवस्थाबारे आफुहरु जानकार रहेको र समस्या चाँडै समाधान हुने बताएका छन् । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलसँगको भिन्दा भिन्नै भेटवार्ताका क्रममा दुवै नेताले एउटै आवाज बोलेको पौडेलले बताए ।
उनका अनुसार विदेसमन्त्री स्वराज र गृहमन्त्री सिंहले नेपालमा जारी आन्दोलन अन्त्य गर्नकालागि संसदमा पेश भएको संविधान संशोधन विधेयक पारित भएपछि समस्या आधा बढी समाधान हुने र कमल थापाको दिल्ली भ्रमणका क्रममा पेश भएको चार बुँदे रोडम्याप अनुसार सहमति गर्न आग्रह गरेका थिए ।
उनीहरुले नेपालीको पीडा आफुहरुले पनि बुझेको र अबको केही दिन भित्रै परिणाम देखिनेगरि काम भैरहेको बताएका थिए । भेटका क्रममा उपसभापति पौडेलले जारी नाकाबन्दी तत्काल हटाउन आग्रह गरेका थिए । पौडेलले विदेश मन्त्री स्वराजसँग जनपथस्थित जवाहर भवन र गृहमन्त्री सिंहसँग नर्थ ब्लकस्थित मन्त्रालयमा भेटवार्ता गरेका हुन् ।
भारतको हरिद्धारमा पतन्जली योग पीठको २१ औं वार्षिकोत्सव मनाएर दिल्ली पुगेका पौडेलले विदेश र गृहमन्त्रीका अलवा भारतीय जनता पार्टी र भारतीय कांग्रेसका शीर्ष नेताहरुसँग भेट गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget