कम उमेरका हिरोइनसँग रोमान्स गर्दिन: अमिताभ


'नि:शब्द'मा जिया खान र 'चिनी कम'मा तब्बुसँग काम गरेका महानायक अमिताभ बच्चनले आइन्दा यस्तो भूमिका नगर्ने भएका छन्। उनले भने,' यो शैली पुरानै हो। जब हामी उमेरभन्दा पर गएर भूमिका निभाउँथ्यौं। म आफैले यसो गरेको छु तर मेरा ती फिल्महरु असफल भए। अब म त्यस्ता फिल्म गर्नेछैन्। दर्शकले ६० वर्षको बुढाले १८ वर्षकी केटीसँग रोमान्स गरेको कुरालाई स्वीकार नै गर्दैनन्।'
यस्तो नहुँदा अमिताभले आफूलाई दु:ख लाग्छ? 'हो एकदम छ। यहाँ प्रतिभाशाली हिरोइनहरु छन् र तपाईले चाहेमा उनीहरु तपाईको हिरोइन बन्न सक्छन्। तर त्यो समय गइसकेको छ. म दिपिका या कंगनाको हिरो बन्न सक्दिन्। त्यसमाथि म आजकल चरित्र भूमिका वा चरित्र प्रधान भूमिकाहरु गरिरहेको छु।'setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget