गगनले भने, 'सुशील, देउवा र रामचन्द्रले अब बिश्राम लिनुपर्छ'

महामन्त्रीमा चुनाव लड्ने गगनको संकेत
अर्घाखाँची : नेपाली काग्रेसका युवा नेता गगन कुमार थापाले पाटीका शीर्ष तीन नेता (सुशील कोइराला, शेरबहादुर देउवा ररामचन्द्र पौडेल)लाई सक्रिय राजनीतिबाट बिश्राम लिन आग्रह गरेका छन् ।

प्रेस युनियनले अर्घाखाँचीको सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले भने, अब तीनै शीर्ष नेताले विश्राम लिने बेला भएको छ। युवा पुस्तालाई नेतृत्व दिनुपर्छ । थापाले अबको नेतृत्व युबा पुस्तामा आउन सके मात्र काग्रेस नयाँ ढंगबाट अगाडी बढ्न सक्ने बताए।

थापाले भने, 'आगामी १३ औ महाधिवेशनमा सभापति तीन शीर्ष नेता आपसमा चुनाव लड्ने भन्दा पनि अभिभावकको जिम्मेबारी निर्बाह गरी युबा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।'

थापाले पार्टीको सबै निर्णयक तहमा पदाधीकारीको भूमिका रहने भएकाले सबै पदाधिकारीमा युवा आउनुपर्ने र पाटीको नेतृत्व सम्हाल्न आफू जस्ता युवा सक्षम समेत रहेको बताए ।

शुसिल कोइरालाको नेतृत्वमा संबिधान घोषणा जस्तो महत्वपूर्ण कार्य र पहिलो  संबिधान सभाको निर्बाचनमा दोस्रो दलको रुपमा रहेका पाटी दोस्रो निर्बाचनमा पहिलो पाटी बनाउन सफल भएको बताए।

कोइरालाको नेतृत्वमा रहेको समितिले केही गर्न नसकेको भनी लगाउने गरेको आरोप झुटा र भ्रमपूर्ण रहेको बताउदैभ भने, 'बिपी कोइरालाले भनेको  संबिधान सभाको चर्चा गर्ने तर शुसिल कोइरालाको पालामा घोषणा भएको संबिधानको चर्चा र कार्यको मुल्याकन गर्न नसक्नु विडम्बना हो।'

आगामी महाधिबेसनमा आफू महामन्त्री पदमा उठ्न चाहेको बताउँदै गगनले भने, तर म जस्तै कुनै सक्षम युवा अघि बढेमा वा आग्रह गरेमा म नै महामन्त्री हुनुपर्छ  भनेर ढिपि गर्दिनँ। बरु म सघाउँछु।

युवा नेता थापाले बर्तमान केपी ओली नेतृत्वको सरकार कछुवाको गतीमा अगाडी बढेको र यो गतिले देश बरबाद हुने बताए । सरकारको एक सय दिनमा भएको काम शुन्य रहेको र यस्तै चाल रहने हो भने सरकार आफै ढल्ने नेता थापाको भनाइ छ ।

उनले सय दिनको प्रगति हेर्दा कुनै पनि आस गर्ने ठाउँ नरहेको खाली निरास मात्र रहेको बताए । उनले आफूलाई नँया शक्तिसँग जोडेर गलत हल्ला फैलाइएकोमा दुःख व्यक्त गर्दै भने,  म कांग्रेस हुँ । बाचुञ्जेल कांग्रेसमै रहन्छु । कतैबाट मेरो बारेमा यस्तो भ्रम नफैलाइयोस् । मेरो नाम जोडेर दुख नदिन म नेता बाबुराम भटराईलाई पनि आग्रह गर्दछु । annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget