बहुविवाह गर्ने जोडीलाई एक वर्ष कैद

इलाम, २० पुस । बहुविवाह गरेको आरोपमा छ महिनाअघि पक्राउ परेका एक दम्पतीलाई जिल्ला अदालत, इलामले आइतबार जनही एकवर्ष कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन विवाहबारी महलको ९ नं बमोजिम कसुर पुष्टि गर्दै सोही महलको १० नं बमोजिम साङरुम्वा–९ का रवीन्द्र तामाङ र उनकी कान्छी पत्नी फूलमायालाई जनही एक वर्ष कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

तामाङकी जेठी पत्नी श्रीमायाले पतिविरुद्ध गत साउन १८ गते जिप्रकामा जाहेरी दिएकी थिइन् ।

एक लाखको अक्षयकोष स्थापना

सहकारी क्षेत्रमा कमल चलाउने पत्रकारहरूका लागि इलाम चमैताका बस्नेत परिवारले रु एक लाख बराबरको अक्षयकोष स्थापना गरेका छन् ।

सहकारी अभियन्ता स्व दलबहादुर बस्नेतको स्मृतिमा उहाँकी श्रीमती भगीरथा, छोराहरू गजेन्द्र, महेश र सन्तोष बस्नेत परिवारले जुनतारा सामाजिक विकास केन्द्रमार्फत प्रदान गर्ने गरी रु एक लाखको अक्षयकोष स्थापना गरिदिनुभएको हो ।

अक्षयकोषको ब्याजले वार्षिक रूपमा एकजना पत्रकारलाई रु १० हजार नगद पुरस्कारले पुरस्कृत गरिने जुनतारा सामाजिक विकास केन्द्रका व्यवस्थापक लीला थापाले जानकारी दिनुभयो ।
etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget