राष्ट्रसंघीय सेनामाथि बलात्कार आरोप

माघ १६, २०७२- राष्ट्रसंघले मध्य अफ्रिकी रिपब्लिक (सीएआर) मा युरोपेली फौजबाट बालयौनदुराचार भएको नयाँ आरोप आएको जानकारी दिएको छ । १४ देखि १६ वर्षका केही किशोरीहरूले आफूहरू युरोपेली युनियनको अपरेसन इयुफोरअन्तर्गतका जर्जियाली सदस्यहरूबाट बलात्कृत भएको गुनासो गरेको राष्ट्रसंघले उल्लेख गरेको छ ।

यसैबीच, एक ७ वर्षे बालिका र एक ९ वर्षे बालकले आफूहरू फ्रान्सेली सेनाद्वारा यौनदुराचारमा परेको भन्दै उजुरी गरेका छन् । क्रिस्चियन मिलिसिया र मुस्लिम विद्रोहीहरूबीच द्वन्द्व चर्केपछि राष्ट्रसंघले त्यहाँ सेना पठाएको हो ।

विद्रोहीहरूले त्यहाँ मार्च २०१३ मा राज्य कब्जा गरेका हुन् । त्यसविरुद्ध क्रिस्चियन मिलिसियाहरू युद्धमा होमिएका हुन् ।

यौनदुराचारको घटना सन् २०१४ मा बानगुई विमानस्थल नजिकको विस्थापित मानिसहरूको एउटा शिविरनजिकै भएको जनाइएको छ । तर हालै मात्र यी घटना प्रकाशमा आएका हुन् । राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त जेइद राद अल हुसेनले शान्ति सेनाविरुद्ध लगातार थपिइरहेको आरोपबाट आफू एकदमै गम्भीर भएको प्रतिक्रिया दिएका छन् ।

गत डिसेम्बरमा एउटा स्वतन्त्र प्यानलले सीएआरमा भएका ती घटनामा भएको कमजोर अनुसन्धानलाई राष्ट्रसंघको असफलता भनेको थियो । फ्रान्सले सन् २०१३ मा त्यहाँ २ हजार सेना पठाएको थियो ।

- बीबीसी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget