सात बजेपछि फुटसल खोल्न नपाइने

काठमाडौं–काठमाडौंका फुटसल (इन्डोर फुटबल) एरिनालाई प्रहरीले पहिलोपटक नियमनको दायरामा ल्याएको छ । बिहीबार काठमाडौंका सबै फुटसल बन्द गराएको प्रहरीले भोलिपल्टै फुटसल सञ्चालकहरूसँग १८ बुँदे सहमति गरेर प्रतिबद्ध फुक्का गरेको हो । जिल्ला प्रशासन कार्यालय र सबै फुटसल सञ्चालकबीच प्रशासन कार्यालयमा शुक्रबार भएको छलफलपछि १८ बुँदे सहमति भएको हो । काठमाडौंभित्र ५१ वटा फुटसल एरिना सञ्चालनमा छन् । ललितपुर र भक्तपुरमा फुटसललाई भने अनुगमनको मापदण्डमा ल्याइएको छैन ।

footshal

यस्ता छन् सहमतिका सर्त

दुई पक्षबीच भएको सहमतिअनुसार अब बेलुका ७ बजेपछि फुटसल खेल्न पाइने छैन । जुवा प्रकृतिको बाजीमा फुटसल खेलाउन नपाइने, तीन महिनाभित्र सिसिटिभी जडान गर्नुपर्ने, मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने, साउन्ड पुफ्र बनाउनुपर्नेलगायतका सर्त सञ्चालकहरूले मानेपछि बन्देज फुक्का गरिएको प्रशासनले जनाएको छ ।

स्थानीयको उजुरीपछि प्रहरीको कारबाही

बिहीबार अचानक प्रहरीले फुटसल बन्द गराएपछि फुटसल सञ्चालकहरू आक्रोशित भएका थिए । स्थानीय र अभिभावकहरूबाट व्यापक उजुरी आएपछि फुटसल मापदण्ड बनाउन प्रहरीले बन्द गराएको थियो । प्रहरीले दादागिरी देखाएको भन्दै केहीले त्यसको आलोचनासमेत गरेका थिए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget