घर मालिक्नीसँगै फर्कौला भन्दै तीन युवतीलाई सिरिया पुर्याएपछि…

काठमाडौं–बुटवलकी रेणु मगर चार महिना भयो नेपाल फर्किएको । आफैँलाई सम्हाल्न सकेकी छैनन् उनले । राति सुत्दा डर लाग्छ, बहिनी सधैँ साथमा रहेपनि एक्लो महसुस भइरहन्छ । आफ्नो भबिष्यको चिन्तामा डुबिरहन्छिन् रेणु अचेल ।

siriya-720x480

उनको आत्मविश्वास सिसयामा नराम्ररी गुमेको थियो, जब उनी छिमेकीबाछ ६ हजार डलरमा बेचिइन् ।
त्यसको क्षतिपूर्ति पाउन सकेकी छैनन् उनले । २६ वर्षीया रेणुले सिरियामा पाएको यातना कहालीलाग्दो छ। ‘न खान पाउनु, न सुत्न । बिरामी हुँदा पनि धेरै सुत्न पाउन्नथेँ,’ रेणुले भनिन् । दमास्कसमा दिनहुँ बम पड्करहँदा उनी सधैं त्रसित रहन्थिन् । रेणुका अनुसार एक दिन उनलाई छिमेकी शोभाकान्त भट्टराईले दुबईमा राम्रो काम गर्ने अवसर आएको सुनाए । घरको आर्थिक अवस्था कमजोर भएकाले उनलाई वैदेशिक रोजगारीमा जनेपर्ने भयो । त्यसैले उनीलगायत तीनजना युवती दुबईमा राम्रो काम गर्न पाइने सपनामा ०७१ वैशाख १८ गते सुनौली हुँदै दिल्ली पुगे । दलालले ६ दिन त्यहाँ राखेर ओमन दुबई हुँदै सिरिया पुर्याएपछि रेणु मात्र होइन, उनका अन्य तीन साथीपनि छाँगाबाट खसेजस्तै भए । दुबई पुगेपछि घर मालिक्नी एकसाताका लागि सिरिया गएकी छिन्, तिमीहरु पनि उनीहरुसँगै फर्कौला भनेर उनीहरुलाई सिरिया पुर्याइएको थियो । रेणुले भनिन्, ‘दुबईमा बसोबास गर्ने डा. बसामको सिरियामा अफिस रहेछ । उसले युवती बेचविखन गर्दोरहेछ । त्यही व्यक्तिले हामीले कोक र आलु चिप्स खान दियो । त्यसपछि दुई दिनसम्म उठ्नै सकिनँ ।

सिरिया पुगेपछि मात्र होस् आयो ।’ आफूसँगै पूजा लामा र सजिना तामाङलाई पनि दलालले सिरिया पुर्याएको बताइन् । एयरपोर्टमा कहिँ देखिनन् उनले । दलालले पासपोर्ट मागेर लग्यो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget