किन ओली सरकारको पक्षमा बोल्दैछिन् सुजाता कोइराला ?

दैलेख, १९ पुस । आजभोली नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालालाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने चिन्ता हुन थालेको छ ।
यो भन्दा पहिला आफ्नै पार्टीले नेतृत्व गरेको सरकारबारे केही नबोलेकी सुजाता अहिले भने हरेक कार्यक्रममा सरकार टिकाउनुपर्ने र ओली सरकार बाच्नुपर्ने धारणा राख्दै आएकी छिन् । उनले यसरी सरकारको पक्ष लिनुको ठूलै कारण हुनसक्ने विश्लेषकहरु बताउँछन् ।
यसैक्रममा सुजाताले आइतबार पनि सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गरिन् । ‘सरकार ढाल्ने खेलमा लाग्दा मुलुक झन् अस्थिरतामा फस्न सक्छ’ उनले भनिन् ।
नेपाललाई शक्तिशाली बन्न नदिन सरकार टिक्न नदिनेको ‘ग्रान्ड डिजाइन’ नै चल्ने गरेको छ” नेपाल प्रेस युनियनद्वारा दैलेखमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले भनिन्, “नेपालमा एउटा सरकार पाँच वर्ष टिकेको इतिहास छैन । छिमेकी भारतमा जति कमजोर सरकार भएपनि पाँच वर्ष टिक्न दिन्छन् ।”
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget