प्रधानमन्त्रीले ‘बोलेर’ गरे पुलको उद्घाटन


पुस १९, २०७२- प्रधानमन्त्री केपी ओलीले तुइन भएका सबै स्थानमा झोलुंगे पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

मकवानपुर र ललितपुर जिल्ला जोड्ने वागमती खोलामा निर्माण गरिएको झोलुङ्गे पुलको आइतवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा पनि तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहनु दु:खद भएको बताए ।

८२ लाखको लागतमा निर्माण गरिएको १ सय ३९ मिटर लामो पुल प्रधानमन्त्रीले रिबन काटेर उद्घाटन गर्ने कार्यक्रम भए पनि स्थानीय विकास मन्त्रालयका सहायक मन्त्री विराज विष्ट रिबन काटेका थिए । कार्यक्रम स्थलवाट पुल भएको स्थान टाढा र बाटो असजिलो भएकाले प्रधानमन्त्री पुलमा रिवन काट्न नगएका हुन । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमै पुलको उद्घाटन भएको घोषणा गरे ।

स्थानीय विकास मन्त्रालयका अनुसार मुलुकमा अहिले २ सय २८ वटा तुइनहरु छन् । यि तुइनबाट ७० लाख भन्दा बढीले जोखिम यात्रा गरिरहेका छन् ।  ओली सरकारको पहिलो बै७कले मुलुक तुइन विस्थापित गर्ने निर्णय गरेको थियो ।


उदघाटन गरेको झोलुङ्गे पुलको छेउमा नै तुइनका लठ्ठा र वकेट झुण्डिरहेको थियो । यो पुल बन्नु अघि यस क्षेत्रका जनता तुइनबाट खोला वारपार गर्थे ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget