चीन र अमेरिकाबीच तनाव बढ्याे


वाशिङटन–दक्षिणी चीनको सागरलाई दिएर अमेरिका र चीनबीचको तनाव सतहमा आएको छ। एक विवादित द्विपमा हाल चीनले एक विमान उतारेपछि दुई देशबीचको तनाव सतहमा आएको हो। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पेन्टागनले चीनलाई सो विषयमा चेतावनी दिएको छ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गरी चीनले विवादित द्विपमा तीनवटा नागरिक विमान उतारको जनाएको छ। चीनको सरकारी संचारमाध्यमले विवादित द्विप समुहको फियरी क्रस द्विपीमा तीन वटा नागरिक विमान उतारको जनाएको छ।

पेन्टानगका प्रवक्ता पीटर कुकले जारी गरेको विज्ञप्तिमा तीन वटा नागरिक विमान उचारको विषयमा आफूहरु चिन्तित रहेको जनाएका हुन्। दक्षिणी चिनिया सागरमा चीनतर्फाबाट भइरहेका सबै गतिविधिबाट आफूहरु चिन्तित रहको उनले जनाएका छन्। उनले विवादित द्विपमा तनाव उत्पन्न गर्न कुनै पनि देशबाट कुनै प्रकारका गतिविधि हुन नहुनेमा जोड दिएका छन्। चीन पुरै दक्षिणी चिनिया सागरमाथि आफ्नो दाबी गर्दै आएको छ भने फिलिपिन्स, भियतनाम, ब्रुनाई र ताइवानले पनि सो द्विपमाथि आफ्नो दाबी गर्दैै आएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget