आमाले भनिन, आइएस छोड, छोराले गोली हानेर आमाको हत्या गरे

सिरिया–एक आमाले आफ्नो छोरालाई आतंकवादी संगठन इस्लामिक स्टेट –आइएस) छोड्न आग्रह गर्दा छोराले आमाको गोली हानेर हत्या गरेका छन्। रक्कमा लीना अल–कासिमले आफ्नो छोरा अली सकर अल–कासिमलाई आइएस छोड्नलाई आग्रह गरेकी थिइन्।

शुक्रबार सिरियन अब्जरभेटिम फर ह्युमन साइट्सले जनाए अनुसार अलीले आफ्ना आमालाई मानिसहरु जम्मा हुने ठाउँमा टाउकोमा गोली हानी हत्या गरेका थिए। आमाले सो संगठन छोड्न आफूलाई दबाब दिएको कुरा अलीले आफ्नो नेतालाई बताएका थिए, र नेताले उनलाई आफ्नी आमालाई गोली हानी हत्या गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

एक मानव अधिकारवादी संस्थाका अनुसार लीना अल–तबाका शहर बस्थिन्। उनले आफ्नो छोरालाई इस्लामिक स्टेट छोडेर अर्के सहरमा बस्न आग्रह गरेकी थिइन्। उनी आफ्नो छोरो सँगै बसेको हेर्न चाहन्थिन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget