चन्द माओवादीले बनाउने भो जनसेना

काठमाडौं,माघ २७ – विप्लव नेतृत्वको नेकपा माओवादीले पार्टीका प्रत्येक सदस्यलाई सैन्य तालिम दिने निर्णय गरेको छ । उसले ‘जनसेना’ का रुपमा विकास गर्ने सैन्य तालिम दिने निर्णय गरेको हो । केही दिनअघि राजधानीमा बसेको केन्द्रीय समिति बैठकले ‘सबै सेना पार्टी र सबै पार्टी सेना’का रुपमा विकास गर्ने रणनीति लिएको छ ।

एक पोलिटब्युरो सदस्यका अनुसार प्रत्येक सदस्यलाई जनसेनाको रुपमा प्रशिक्षण दिइनेछ । ‘अब छुट्टै जनसेना भनेर संगठन बनाउँदैनौं,’ उनले भने,‘प्रत्येक सदस्यलाई जनसेना बुझ्दा हुन्छ ।’ मोहन वैद्य नेतृत्वबाट फुटेलगत्तै दाङमा भएको प्रथम राष्ट्रिय सम्मेलनबाट आवश्यक परे छुट्टै जनअदालत ,जनसेना निर्माण गर्ने निर्णय गरे पनि हाललाई जनयुद्दकालीन कुनै पनि संरचना नब्युँताउने निर्णय गरेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget