ओंठ हाम्रो शरीरको महत्वपूर्ण अंग हो । कुनै पनि मनिसको स्वोभाव उनीहरुको ओंठ हेरेर थाहा पाउन सकिन्छ । ल हेर्नुहोस् आफ्नो ओंठको बनाओट सँग यी कुरा मिल्छ कि मिल्दैन?
१) मोटा ओंठ जुन् ब्यक्तिको ओंठ अत्याधिक मोटा हुन्छन् त्यस्ता ब्यक्ति क्रोधी स्वभावका हुन्छन् । यस्ता ब्यक्तिलाई साना साना कुरामा पनि रिस उठ्छ र उनीहरुको रिसले कुनै कुनै समयमा तै समस्या नै खडा गरिदिन्छ । यस्ता ब्यक्ति भावनाप्रदान र जिद्धी हुन्छन् ।
२) रातो रंगका चिल्ला र कलात्मक ओंठ हुने ब्यक्ति देख्दा सुन्दर त हुन्छन् नै कला प्रिय र मृदुल स्वभावका हुन्छन् । यस्ता ब्यक्तिले घर समाजमा मान सम्मान पाउँछन् र जीवनमा उपलब्धी पनि हासिल गर्छन् ।
३) गुलावी रंगका ओंठ हुने ब्यक्ति ब्यवहारमा कुशल उदार र बुद्धिमान हुन्छन् । यस्ता ब्यक्तिले आफ्नो क्षमताको बलमा सबैलाई मोहित तुल्याउँछन् । यिनीहरुका मित्र पनि धेरै हुन्छन् ।
४) कतिपय ब्यक्तिका ओंठ अलि उठेका हुन्छन् । यसरी ओंठ उठेका ब्यक्तिहरु डरपोक हुन्छन् । यिनीहरुलाई कठिन परिस्थिती सम्हाल्न निक्कै कठिन हुन्छ ।
५) कतिपयका ओंठ तलपट्टी धसिएका हुन्छन् । यसरी तल पट्टी फर्केका ओंठ हुनेहरुको स्वभाव रहस्यमयी हुन्छ । यनीहरुको मनमा के चलिरहेको हुन्छ बुझ्न सँधै कठिन हुन्छ । यिनीहरु निक्कै राम्रा योजनाकार हुन्छन् र योजना भने कसैलाई पनि भन्दैनन् ।
६) ठूला ओंठ हुने ब्यक्ति शौखिन हुन्छन् । उनीहरुलाई विभिन्न प्रकारका खाना खाने शोख हुन्छ । छिट्टै रिसाउने यस्ता ब्यक्ति छिट्टै सामान्य अवस्थामा पनि आइहाल्छन् ।
७) कतिपय ब्यक्तिको ओंठ निक्को पातला हुन्छन् । पातला र रंगविहिन ओंठ हुनेहरु अलि बढी आडम्बरी स्वभावका हुन्छन् । यद्यपी उनीहरु अन्य ब्यक्तिमा आफ्नो प्रभाव कायम राख्न नि सफल हुन्छन् ।
Post a Comment