भारतको हरियाणा राज्यको कुरुक्षेत्रस्थित एक गाउँका किसानले राँगो पालेरै करोडपति बनेका छन् । युवराज नामको रांगो पालेका उनले एक पटकको संसर्गका लागि नै मोलमोलाइ अनुसार रुपैयाँ समेत लिने गरेका छन् ।
४५० किलो तौल भएको यो अग्लो र लायकको राँगो भारतमै सबै भन्दा महंगो राँगो सावित भएको छ ।
यसका मालिक कर्मबीर सिंह भन्छन् अव युवराज सामान्य राँगो होइन ब्राण्ड बनिसक्यो । हरियाणाको ऐतिहासिक कुरुक्षेत्रमा बस्ने उनले राँगो पालेरै पैसा र चर्चा कमाएका छन् ।
भारतीय चर्चित ब्याट्सम्यान युवराजको नामबाट यो राँगोको नाम राखिएको हो । एक पटकमा यो राँगोको संसर्गका लागि हजार देखि लाख तिर्न तयार हुन्छन् ब्यवसायी किसानहरु ।
वर्षमा उनले ८० लाख भन्दा बढी यही राँगोबाट नै आम्दानी गर्छन् । उनले आफ्नो घरमा राँगोको बिर्य नै स्टोर गरेर राखेका छन् । युवराजले घरपालुवा जनावर प्रतियोगितामा पनि कैयौं पुरस्कार जितिसकेको छ । यस्ता प्रतियोगितामा कम्तिमा ५ लाख सम्म पुरस्कार पाउने गरेको छ युवराजले ।
१ वर्ष अघि मात्र यो राँगोलाई एक ब्यापारीले ११ करोड दिन तयार भएका थिए । तर कर्मबीरले बेचेनन् ।
मेरठमा आयोजित अखिल भारतीय घरपालुवा जनावर शोमा त्यहाँका निर्णायक मण्डलले यो रांगोलाई भारतको उत्कृष्ठ रांगोकोरुपमा चुनेका थिए । युवराज नामको यो राँगो पालेका मालिकले ७ करोड भारु दिने प्रस्ताव गर्दा पनि राँगो बेच्न मानेनन् । यो रांगोले मालिकलाई वर्षेनी ८० लाख रुपैयाँ आम्दानी गराउँदै आएको छ ।
१४०० किलोको यो राँगोले दैनिक २० लिटर दुध पिउँछ भने १५ किलो उत्कृष्ठ दाना खान्छ ।
Post a Comment