यौनक्रिया एक प्रक्रिया हो, जसको शुरुआत मधुर कुराकानीबाट हुन्छ

बुधबार , २८ माघ
विवाहको मौसम छ। यतिबेला नवदम्पतीले सम्भोगको चरम सुखबारे थाहा पाइराख्नु सान्दर्भिक नै हुनेछ। त्यसो त यौन सम्बन्धी चाहना तथा चासो मस्तिष्कको हाइपोथालामस ग्रन्थीद्वारा निर्देशित हुन्छ।
यौनेच्छाका लागि आवश्यक अन्य रसायनको उत्पादन पनि मस्तिष्कमै हुन्छ। झट्ट सुन्दा यौनकर्म साधारण प्रक्रिया जस्तो लागे पनि धेरै कुराको समन्वयपछि मात्र यो सम्भव हुन्छ।
पहिले पाकक्रीडा
यौनसम्पर्क पहिले यौन उत्तेजना जगाउन गरिने विभिन्न क्रियाकलापलाई पाकक्रीडा भनिन्छ। कतिपय पुरुषमा महिला अवस्था र भावना नबुझी एकैचोटि यौनक्रियामा हामफालिहाल्ने प्रवृत्ति हुन्छ। यस्ता पुरुषमा यौनक्रिया भनेको महिला र पुरुष जननेन्द्रियको मिलन मात्र हो भन्ने गलत बुझाइ हुन सक्छ। सत्य चाहिं के हो भने जननेन्द्रियको मिलन यौनक्रियाको अन्तिम बिन्दु हो। पहिलो त एकअर्काको भावनाको मिलन हो।
यी सबै कुरा नबुझी गरिने यौनसम्पर्कले सम्बन्धलाई सुमधुर बनाउने होइन समस्या निम्तन सक्छ। कतिपय महिला यौनक्रियामा पुरुषको जबर्जस्तीका कारण मानसिक समस्यामा परेका उदाहरण पनि छन्।
यौनक्रियामा दुवैले चरम सुख अनुभूत गर्न पाकक्रीडाको विशिष्ट महत्व छ। यौनक्रियाका बेला यौनसाथीलाई मानसिक रूपमा तयार पार्नु सबैभन्दा महत्वपूर्ण मानिन्छ। यसका लागि आपसमा जिस्किने, ठट्टा गर्ने, प्रेमका कुरा गर्ने जस्ता कुरा गर्न सकिन्छ। यसले यौनक्रिया मात्र होइन, दाम्पत्य जीवन पनि प्रगाढ हुन्छ।
पाकक्रीडाको क्रममा एकअर्काको शरीरका संवेदनशील अङ्गहरूको चुम्बन, स्पर्श, दबाब र घर्षण महत्वपूर्ण मानिन्छ। ओंठ, नितम्ब, स्तन, काखी, तिघ्रा, नाभी क्षेत्र, हात–खुट्टाका औंला पाकक्रीडाका लागि निकै संवेदनशील अङ्ग हुन्। पुरुषको जननेन्द्रिय र महिलाको भगाङ्कुर झ्नै संवेदनशील यौनाङ्ग हुन्। मधुरो प्रकाश, एकान्तपन तथा गोपनीय वातावरणले पाकक्रीडालाई थप उत्साह प्रदान गर्दछ।
यौनचक्रमा चार वटा चरण उल्लेखनीय मानिन्छन्।
उत्तेजनाको चरण – यौनोत्तेजक वस्तु देख्दा, स्पर्श गर्दा, सोच्दा मस्तिष्कमा उत्तेजनाको चरण शुरू हुन्छ। कसिलो आलिंगन, ओंठ, स्तन, नितम्ब, यौनाङ्ग र भगाङ्कुर जस्ता संवेदनशील अङ्गको चुम्बन, स्पर्श र घर्षणले उत्तेजना ह्वात्तै बढ्छ। यसलाई पाकक्रीडासँग जोडेर हेरिन्छ।
यतिबेला पुरुष जननेन्द्रियमा कसाब बढ्छ भने महिलामा योनीस्राव उत्पादनसँगै त्यसको आकारमा परिवर्तन आउँछ। प्लेटो चरण – उत्तेजनापछि यौनसम्पर्कका लागि तयार दुवै प्लेटो चरणमा जान्छन्। यो चरणमा उत्तेजनाको मात्रा बढ्छ। व्यक्तिको स्वभावका आधारमा प्लेटो चरण लामो वा छोटो हुन्छ।
यस चरणमा महिला पुरुषमा आ–आफ्नै परिवर्तनहरू हुन्छन्। पुरुषमा अण्डकोष तथा त्यसमाथिको नलीको आकार बढ्छ। पुरुष जननेन्द्रियबाट हल्का चिप्लो पदार्थ निस्कन्छ जसले यौनक्रियालाई सहज बनाउँछ। महिलामा जननेन्द्रिय तथा आसपासको क्षेत्र फराकिलो हुन्छ। स्तनको आकार पनि बढ्छ।
शरीरमा रक्तप्रवाह बढ्दा मुख तथा छाला रातो हुुनुका साथै तातोपन बढ्छ। मुटुको चालका साथै श्वासप्रश्वास छिटोछिटो हुन्छ। कदाचित यौनक्रिया बीचैमा टुगिएमा पुरुषको अण्डकोष तथा शुक्रकीटवाहिनी नलीमा हल्का पीडा हुन सक्छ। महिलाले टाउको दुख्ने एवं जीउ भारी भएको महसूस गर्ने हुन्छ।
चरम सुखको चरण– चरम सुख प्लेटो चरणकै निरन्तरता हो। यौनक्रियाको यो चरणमा महिला, पुरुष दुवैले अलौकिक आनन्द प्राप्त गर्छन्। तनावबाट छुटकारा पाएको अनुभूत हुन्छ। सर्वाधिक सुखको चरण भए पनि यसको सम्झ्ना भने छोटो हुन्छ।
तर यो क्षणिक सुखको सम्झ्नाले हामी फेरिफेरि यौनसम्पर्कका लागि लालायित हुन्छौं। चरमसुखमा महिलामा पाठेघर, योनीद्वार खुम्चिने, फुक्ने हुन्छ। पुरुषमा भने जननेन्द्रिय अझ् कडा हुनुका साथै वीर्य स्खलन हुन्छ। स्खलन र चरम सुख प्राप्ति एकै पटक हुने भए पनि स्खलनलाई मात्र चरम सुख मान्न सकिन्न।
रिजोलुसन चरण– चरमसुख प्राप्तिपछि महिला र पुरुष विस्तारै पूर्ववत् अवस्थामा फर्कन्छन्। हस्तमैथुनका बेलामा थोरै मात्रामा भए पनि यौनक्रियाका यी चरणहरू पाइन्छन्। चरमसुख पाएपछि आराम चाहिने भएकाले पुरुषहरू तुरुन्तै दोस्रोपटक यौनसम्पर्क राख्न असमर्थ हुन्छन्। तर कतिपय महिलामा भने यौन उत्तेजना कायमै रहन्छ। यस्तो बेला यौनसम्पर्क भइरहे उनीहरू पटक पटक चरम सुख प्राप्त गर्न सक्दछन्।
डा. सुमनराज ताम्राकार
हिमाल खबर बाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget