अमिताभकी नातिनीसँग सुटुक्क विवाह
एजेन्सी ।
बलिउड अभिनेता कुणाल कपुरले महानायक अभिताभ बच्चनकी भतिजी नैना बच्चनसँग सुटुक्क विवाह गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनीहरुबीच आइतबार राति पारिवारिक जमघटमा विवाह भएको बताइएको छ ।
विवाहमा दुई परिवारका सदस्यमात्र उपस्थित रहेको बताइएको छ । सेशेल्स टापुमा उक्त विवाह भएको हो ।
नैना अमिताभका भाइ अजिताभकी छोरी हुन् । सन् २००७ अजिताभको निधन भएपछि उनीहरु लण्डनबाट भारत आएका थिए ।
कुणाल र नैनाबीच लामो समय देखि प्रेम सम्बन्ध रहँदै आएको थियो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment