त्यो माइक, जसले माघ ६ गते विहान एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रहार गरियो । कहाँ होला त्यो ?
त्यो माइक, जसले माघ ६ गते विहान एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रहार गरियो । कहाँ होला त्यो ? धेरै खोजी गरियो र पत्ता पनि लाग्यो ।
तर,फिर्ता भएन । संविधानसभामा कुसी भाँच्ने र माइकले हान्ने काम भएपछि गठित छानविन टोलीले माइक पत्ता लगाइवरी सम्बन्धित मान्छेसँग माग्यो पनि । दिनुपर्नेले भने,‘अहँ, अहिले पाउनुहुन्छ ।’संसद सचिवालयका महासचिव मनोहर भट्टराईले भने,‘हैन,अध्यक्षज्यू,हजुरजस्तो मान्छेले माइक दिइबक्सेन भने हामी लज्जित हुने भयौं । बाहिर त कसैलाई भनेका छैनौं । तर,ढिलो चाँडो पत्रकारले चाल पाइहाल्छन् ।’
यति भनिपछि माइक फिर्ता होला भन्ठानेका भट्टराईले उल्टो जवाफ पाए,‘यदि तपाईंलाई त्यस्तो लाग्छ भने पत्रकार सम्मेलन गरेर माइकचाहिँ मसँगै छ है भनिदिउँला नि ?’ आधाघन्टा गलफत्ति चलेपछि बल्ल कुरा मिल्यो ,आधा–आधामा । अर्थात्,टोलीले दुईमध्ये एउटा माइक फिर्ता पायो । अर्कोचाहिँ कहिल्यै नपाउनेगरी जवाफ लिएर फर्कियो । यसरी आफूमाथि आक्रमण गरिएको माइक्रोफोन बोकी हिँडेका रहेछन्,एमाले अध्यक्ष केपी शर्मा ओलीले । आक्रमण भएकै रात त्यो माइक झलनाथले खल्तीमा हालेका रहेछन् । सिसिटीभिको सुक्ष्म अध्ययनपछि छानविन टोलीले सो कुरा पत्ता लगाएको खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment