विदेशमा अपराधी खोज्दै नेपाल प्रहरी

काठमाडौं,माघ २५ – अपराध अनुसन्धानमा नेपाल प्रहरीले भारतसहित अन्य देशहरुसँग आफ्नो सम्बन्ध र सहकार्य विस्तार गरेको छ ।
प्रहरीले विदेशमै गएर अपराधीलाई पक्राउ गरेर नेपाल ल्याउन थालेको छ । आजको नयाँ पत्रिका दैनिकका अनुसार केही समयअघि बैंककमा पुगेर अपहरणमा परेका नेपालीलाई मुक्त गराएको नेपाल प्रहरीले हालै मलेसियामा एक मोस्टवान्टेड पक्राउ गरेको छ । नेपाल प्रहरीको आग्रहमा मलेसियन प्रहरीले गैंडाको खास तस्कर राजुकुमार प्रजालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली प्रजालाई लिन मलेसिया पुगेको छ । उनलाई आइतबार नेपाल ल्याएर थप अनुसन्धान अघि बढाइने सिआइबीका निर्देशक डीआइजी हेमन्त मल्लले बताए । प्रजाले चितवनमा १५ वटा गैंडा मारेर खाग बिक्री गरेको सीआइबीको अनुसन्धानमा खुलिसकेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget