फेसबुक र इमेल दुरुपयोग, प्रयोगकर्तालाई १५ वर्ष जेल

२५ माघ, सिकागो (एजेन्सी)।

६ बोस्नियाली आप्रवासीलाइ फेसबुक प्रयोग गरेर सिरियाका कट्टरपन्थीलाइ पैसा र सैन्य उपकरण पठाएको भनि आरोप लागेको छ। फेसबुक, पेपाल तथा अन्य सजिलै उपलब्ध अनलाइन सेवाहरु प्रयोग गरि सिरियाका कट्टरपन्थीहरुलाइ सहयोग गरिएको फेडेरल एजेन्सीको भनाइ छ।

यि आप्रवासीलाइ अमेरिकाले बनाएका सैन्य उपकरणहरु अन्तर्राष्ट्रिय आतङ्ककारी गुठहरु, इस्लामिक स्टेट, अल-कायदा संम्बन्धत विद्रोही ग्रुप नुस्रा फ्रन्ट लाइ दिइ आतंकारी गतिविधिमा सहयोग गरेको आरोप लागेको छ।

यि व्यक्तिहरुले व्यक्तिगत रुपले नै पैसा डोनेट गरेका र कतिपय अवस्थामा कोष खडागरेर पैसा जुटाइ अनलाइन पैसा ट्रान्फर गरेको भनिएको छ।



सेन्ट लुइस अमेरिकी जिल्ला अदालतले शुक्रबार यि व्यक्तिले फोन, फेसबुक र इमेल; सामाजिक मिडिया साइटहरुमा आफ्नो योजना सम्बन्धित भिडियो र फोटोहरु सेयर गरेका, पेपाल र वेस्टर्न युनियनबाट पैसा पठाएका र सैन्य सामाग्रीहरु अमेरिकी पोस्टल सर्विसबाट पठाउने गरेका भनि आरोप लगाएको छ। २०१३ मे पश्चात यस्तो क्रियाकलापमा संलग्न भएको अदालतको ठम्याइ छ। यिनीहरु इमेल लगायत सामाजिक सञ्जालमा एक आपसमा कुरा गर्न कोड भाषा प्रयोग गर्ने गरेको पनि पुष्टि भएको छ, जस्तै इराक र सिरिया भन्न 'द बिच' प्रयोग गर्दै आएका थिए। 'बिच' को अर्थ समुन्द्री किनारा भन्ने बुझिन्छ।

६ मध्ये एकलाइ ५०,००० डलरसम्म जरिवाना र १५ वर्षको जेल सजायँ हुनसक्ने एफबिआइले बताएको छ।

आरोपी मध्ये ५ गिरफ्तार भइसकेका छन, १ जना देश बाहिर भएको र कहाँ भनेर चाँहि भनिएको छैन।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget