(एजेन्सी) हाउस्टन, टेक्ससकी ४० वर्षीय एक महिलाले कयौं वर्ष आफ्नो जीवनसाथीको प्रतिक्षा गरिन् तर आफूले भने जस्तो मन मिल्ने साथी नभेटेपछि आफैसँग विवाह गरेकी छिन् ।
जीवनसाथी खोज्न उनले कयौं वर्ष डेट पनि नगरेकी होइनन् तर सबै प्रयास असफल भए पछि उनले बाध्य भएर आफैसँग विवाह गर्ने निधो गरेकी हुन् ।
यास्मिन एलेबाईको विवाह समारोह परम्परागत विवाह भन्दा कुनै कुरा फरक थिएन, फरक यति मात्र थियो कि त्यहाँ दुलाहा नै थिएनन् । साथीहरुलाई निमन्त्रणा गरेर बोलाइएको उक्त कार्यक्रममा उनका आमा समेत उपस्थित थिइन् ।
एकल विवाहलाई अमेरिकामा मान्यता नदिइएको कारण उक्त विवाहलाई आध्यात्मिक भन्दै तीन मिनिस्टरहरुलाई बोलाएर विवाह सम्पन्न गरिएको थियो । समारोहमा उनले आफूलाई क्षमा, सम्मान र माया गर्ने कसम खाइन् ।
विवाहबारे समाजिक सञ्जाल फेसबुकमा लेख्दै यास्मिनले आफ्नो विवाहमा साथ दिने सबैलाई धन्यवाद दिएकी छिन् । रोचक कुरा त के छ भने उनले विवाह गर्ने कुरा सन् २०१३ मा नै घोषणा गरेकी थिइन् ।
उनी अब एक्लै हनिमुनमा कम्बोडिया, लाओस र दुबाई जाने योजना बनाएकी छिन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment