काठमाडौं, माघ २६ । इजिप्टको राजधानी कायरोमा भड्किएको फुटबल दंगामा २२ जना मारिएका छन् । कायरोको एअर डिफेन्स रंगशालामा फुटबल खेलअगावै समर्थकहरु जबर्जस्ती प्रवेश गर्न खोज्दा दंगा सुरु भएको थियो ।
त्यहीक्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्दा भागदौड मच्चिँदा च्यापिएर र निस्सासिएर उनीहरुको मृत्यु भएको हो भने अरु २४ जना गम्भीर घाइते भएका छन् ।
इजिप्टको प्रियिमर लिगअन्तर्गत जमालेक फुटबल क्लब र इएनपीपीआइबीचको खेलपूर्व प्रहरीले एउटामात्रै प्रवेशद्धार खोल्दा झडप सुरु भएको थियो । तीन वर्षअघि पनि इजिप्टको पोर्ट सेद सहरमा फुटबल दंगा हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
इजिप्टमा फुटबल समर्थकलाई निकै जब्बर मानिन्छ । सन् २०११ मा तत्कालीन राष्ट्रपति होस्नी मुबारकलाई सत्ताच्यूत गर्दा राजनीतिक दलहरुले यिनै समर्थकलाई प्रयोग गरेका थिए ।
प्रहरीले त्यसैको बदलास्वरुप हिजोको घटना गराएको केही फुटबल समर्थकहरुको आरोप छ । (एजेन्सी) भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment