काठमाडौं, माघ २६ – स्वीटजरल्याण्डको निजी बैंक एचएसबीसीमा ८ जना नेपालीको ५ अर्ब ३७ करोड (५४ मिलियन ७३ हजार २२ डलर) रहेको खुलासा भएको छ ।
‘स्वीस लिक’ हालै सार्वजनिक गरेको विवरणमा उक्त बैंकमा ८ जना नेपालीको १२ वटा खातामा उक्त रकम जम्मा भएको देखिएको हो ।
बैंकले विभिन्न देशका व्यापारी तथा नेताहरुको कर छल्न सहयोग गरेको भन्दै स्वीस लिकले बैंकको गोप्य सूचना सार्वजनिक गरेको हो । सन् २००७ मा जेनेभामा रहेको एचएसबीसी बैंकका एक कम्प्युटर एक्सपर्टले चारेको उक्त गोप्य दस्तावेजमा विश्वभरका १ लाख खातावालहरुको सूचना रहेको छ ।
विभिन्न देशको खाता हुने बित्तिकै गैरकानुनी नभए पनि कर छल्न, सम्पत्ति लुकाउन उक्त बैंक प्रयोग गरिएको र बैंक समेतले त्यसमा सहयोग गरेको पाइएको छ ।
इन्टरनेसनल कोन्सटोरियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट लगायत विश्वभरका ५० मिडियाहरुले मिलेर यो कुराको खुलासा गरेका हुन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment