मलाई रेखा थापा र राजेश हमाल साह्रै सेक्सी लाग्छ

कसरी बित्दैछन दिनहरु ?
दोस्रो एल्वमको तयारीमा छु । अनि प्रोगामहरु अलि बिजी छु ।

कस्तो चल्दैछ सांगितिक जीवन ?
ठीकै छ । तर सोचेजस्तो भने भएको छैन । आफन्त नभएर हो कि सायद ।

कस्तो समस्यामा पर्नुभयो र ?
प्रोगाममा फ्रि पर्फम गर्नुपर्ने, कलाकारको कदर पनि नुहेन ।  हामी पनि लगानी गरेर यो फिल्डमा आएका हुन्छौँ । त्यो कुरा बुझ्नुपर्यो नि । सुरुमा फ्रिमा गरिदिए, अहिले पनि त्यस्तै सोच्छन ।  सायद मेरो पनि गल्ती भयो कि ।


को बाट सवभन्दा समस्या पर्यो, को बाट सवभन्दा बढी सहयोग पाउनुभयो ?
मेरो परिवारबाट पूर्ण सहयोग छ । त्यस्तो असहयोग भन्ने त छैन । संघर्ष गर्दै छु । सोचेको जस्तो त कहाँ हुन्छ र ।

के सोच्नु भएको थियो ?
गीत गाउन सजिलो हुन्छ जस्तो लाग्थ्यो । फिल्डमा आएपछि थाहा भयो कतिको गाह्रो छ भन्ने कुरा । रियाज विना त निकै कठिन हुदो रहेछ ।

सवभन्दा मन पर्ने कुरा ?
नयाँ ठाउँ घुम्न सवभन्दा मन पर्छ । शान्त ठाउँ असाध्यै मन पर्छ ।

सवभन्दा बढी आनन्द के मा आउँछ ?
रियाज गर्दा सवभन्दा बढी आनन्द आउँछ । अनि साथीहरुसंगको जमघटमा ।

मनपर्ने कलाकार ?
संगिता प्रधान र स्वरुपराज आचार्य ।

सेक्सी कलाकार ?
नायिकामा रेखा थापा, भारतमा पनि रेखा । उनीहरुको आँखा सेक्सी लाग्छ । नायकमा राजेश हमाल र भारतमा संजय दत्त । उहाँहरुको पर्सनालिटी ।

लभ भनेको के हो ?
जस्ट फिल मात्र हो ।

अनि सेक्स ?
प्राकृतिक कुरा हो । यसमा अचम्म मान्नुपर्ने कारण छैन ।

तपाईको आगामी योजना ?
सफल गायिका बन्ने हो ।  अनि समाज सेवा पनि ।

                                         नेपालपाटी डट कमलबाट साभार


भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget