सामान्यतः महिलाको इनर वेयरका रुपमा प्रयोग गरिने ब्रा यदि एउटा बुलेटप्रुफ ज्याकेटका रुपमा गोली लागेपछि कसैको ज्यानै बचाउन पनि सक्छ ।
डेली मेलमा प्रकाशित समाचारअनुसार यस्तै घटनाबाट सबै आश्चर्यमा परेका छन् । उत्तरी अमेजन सिटी निवासी इभेते मेडिरोसन नामकी महिला केही दिनअघि शपिङ गर्नका लागि सुपर मार्केट गएकी थिइन् किनमेलका क्रममा उनी एउटा समस्यामा फसिन् । त्यहिबेला उनका लागि आफ्नै ब्रा जीवन रक्षक सावित भयो ।
सुपर मार्केटमा भएको लुटपाटका क्रममा लुटेराहरुले महिलालाई गोली हानेका थिए । गोली लागेपछि सुरुमा त उनी ढलिन् । उनलाई लाग्यो कि अब बच्ने सम्भावना छैन । तर, यसलाई चमत्कार नै भनौं संयोगले गोली लागेपछि पनि महिलालाई केही भएन ।
केही समयपछि उनलाई महशुस भयो ब्रामा केही जलन भइरहेको छ। जब उनले ब्रा चेक गरिन् तब त्यहाँ गोली अड्केको फेला पारिन् । उनी ब्रामा रहेको फलामबाट बनेको अन्डर वायर्समा गोली अड्केका कारण बचेकी थिइन् । यो घटनाबाट सबै आश्चर्यमा परे । ती महिला पनि आफ्नो ब्रालाई धन्यवाद दिँदै घर फर्किइन् । एजेन्सी
Post a Comment