स्मार्टफोनले बिगार्दैछ सम्बन्ध

यदि तपाई स्मार्टफोन प्रयोग गर्नुहुन्छ र आफ्नो पार्टनरसँग सम्बन्ध राम्रो छैन भने तपाईको लागि यो अध्ययन उपयुक्त हुन सक्छ । एक ताजा अध्ययनले आधी रातमा स्मार्टफोनको बारम्बार प्रयोग गरेको कारण सम्बन्धमा विवाद आउने गरेको दावा गरेको छ ।




अध्ययन अनुसार धेरै स्मार्टफोन प्रयोग गर्नाले झगडा हुने, सम्बन्ध टुट्ने र अपराधका घटना समेत अगाडि आएको बताएको छ ।


शारीरिक सम्बन्ध बोझिलो हुने भएकोले मान्छेमा आशा कम हुने गर्दछ र बिर्सिने हुन्छ। जसको कारण रोमान्स के हो भन्ने नै याद हुदैन ।


ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले २४ हजार विवाहित जोडीमा गरेको अध्ययनबाट यस्तो कुरा बाहिर आएको हो ।



शोधकर्ताले सोसल साइट र वैवाहिक जीवनको सन्तुष्टिको बिचमा सीधा सम्बन्ध रहेको बताउछन । अध्ययन अनुसार दम्पतीले सोसल साइटमा अरुको वैवाहिक जिन्दगीबारे जति आनन्दित भएर पढ्छन त्यति नै आफ्नो जिन्दगीप्रति निराश र उदाश नजरबाट हेर्ने आशंका रहेको पाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget