काठमाडौँ । फ्रेब्रुअरी ४ तारिखमा सामाजिक संजाल फेसबुकले ११ औँ बार्षिक उत्सब मनाइरहँदा तथा फेसबुक ह्याकरबाट बच्ने उपाय सिकाइरहँदा नेपाली अभिनेत्री रेखा थापा तनावमा थिइन् ।
यतिबेला उनी चलचित्र र सो नगरीसँग सम्बन्धित गतिबिधिका कारण नभई आफ्नो फेसबुक पेजका कारण तनाव थिइन् ।
कारण हो उनको करिब १३ लाख फ्यान भएको फेसबुक पेज ह्याक हुनु ।
केही समयको तनाव, वकीलहरुसँगको छलफल तथा प्राविधिकको सहयोग पछि हाल उनको उक्त पेजलाई आफ्नै स्वामित्वमा फर्काउन अभिनेत्री थापा सफल भएकी छिन् ।
अभिनेत्री थापाले आफ्नो पेज ह्याक गरिएको बारे घुमाउरो शैलीमा खुलाएपनि कस्ले ह्याक गरेको थियो भन्ने बारेमा मुख फोरेकी छैनन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment