४० को दशकमा महिलाको यौन जीवन बढी सक्रिय

एजेन्सि - जीवनको चालीस तथा पचासको दशकमा पुग्नु भनेको उमेर पाको भएको वा आधा जीवन व्यतित भएको भन्ने बुझिन्छ । तर यौनका मामीलामा भने चालीसका दशकमा महिलाले आफनो जिवन भरमा सवैभन्दा बढी सक्रिय हुने समय रहेको एक अध्ययनले देखाएको छ ।
जीवनको सन्तुष्टि विषयमा गरीएको अध्ययनले महिलाले आफ्नो जीवनको चालीसको दशकमा अन्य उमेरमा भन्दा वढी यौन आनन्द लिने र यौनमा बढी सक्रिय रहने तथ्य सार्वजनीक गरेको छ । अध्ययनले चालीसका दशकका महिलाहरुमा यौन सक्रियता बढ्नुका साथै अरु वेलामा भन्दा शरीर स्वस्थ्य रहने, कन्फिडेन्स बढ्ने तथा सम्वन्ध पनि अरु वेलामा भन्दा प्रघाड हने कुरा पत्ता लगाएको छ । ‘जीवनको मध्य उमेरमा पुगेका महिलाहरु वयस्कमा भन्दा पनि यौनका मामिलामा बढी सक्रिय रहन्छन’, अध्ययन प्रतिवेदनमा भनिएको छ ‘यो उमेरका महिलाहरु यौन क्रियाकलापमा बढी सक्रिय हुने मात्र होइन, यो समयमा जीवनका अरु समयमा गरीएको यौन समबन्ध भन्दा बढी आनन्द पनि प्राप्त गर्नेछन् ।’ ब्रिटिस जर्नल अफ युरोलोजिमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार ६ हजार भन्दा बढी विभिन्न उमेरका महिलाहरुमा गरीएको अध्ययनमा ४५ देखि ५४ वर्षका ५२ प्रतिसत महिलाहरुले आफ्नो जीवनको यौन क्रियाकलापमा सवैभन्दा वढी आनन्द प्राप्त गरेको र अरु वेला भन्दा बढी सक्रिय रहेको कुरा बताएका छन् । त्यस्तै ३१ देखि ४५ वर्ष अमेरका ४३ प्रतिसत महिलाले बढी सन्तुष्टि प्राप्त गरेको जनाएका छन् । प्रतिवेदनमा १८ देखि ३० वर्षका ५४ प्रतिसत महिलाहरुले चरम उत्कर्ष प्राप्त गर्न नसकेको तर ४० देखि ५४ वर्षसम्मका ६७ प्रतिसतले चरम उत्कर्ष प्राप्त गर्न सफल भएको उल्लेख गरीएको छ । अमेरीकामा गरीएको अर्को एक अध्ययन अनुसार ३१ देखि ४५ वर्षका ८७ प्रतिसत महिलाहरु यौनमा सक्रिय रहेको र दैनिक सम्पर्क गर्ने गरेको तथ्य सार्वजनीक गरेको छ ।
सो प्रतिवेदन अनुसार ति उमेर समुहका महिलाहरुले यौन चरमआनन्द प्राप्त गर्न सफल भएको जनाएका छन् । अध्ययनले ४० देखि ५० वर्षको उमेरका महिलाहरु यौनका मामिलामा जीवनको सवैभन्दा बढी सक्रिय रहने र आनन्द लिने उमेर समुहमा रहेको निष्कर्ष निकालेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget