२५ माघ, काठमाडौं ।
नेपाल वायुसेवा निगमको अन्तराष्ट्रिय उडानका लागि झन्डै २५ वर्षपछि नयाँ एयरबस आइतबार काठमाडौं आइ पुगेको छ । पर्यटनमन्त्री सहितको सरकारी टोली बोकेर फ्रान्सबाट नयाँ एअरवसमा सगरमाथा काठमाडौंमा अवतरण गरेको हो ।
एयरबसलाई पञ्च कन्याले स्वागत गरेका थिए । विमानस्थलमा विमानको स्वागतमा भव्य तयारी गरिएको थियो ।
युरोपको एअरबस कम्पनीले निर्माण गरेको ए ३२-२०० सिरिजका दुईवटा जहाजमध्ये एउटा जहाज नेपाल आइपुगेको हव । निगमले दुईवटा जहाज ल्याउन एअरबससँग सम्झौता गरेको थियो ।
यो जहाजमा एक सय ५८ सिट क्षमता रहेको र निगमका प्रवक्ता रामहरी शर्माका अनुसार पचासघन्टाको उडानपछि मात्र एयरबसको उडानको जिम्मा पूर्ण रूपमा नेपाली पाइलट टोलीले लिनेछ ।
दुई महिनाभित्र अर्को जहाज ल्याउने तयारी छ ।
लामो समयको कानुनी विवादपछि निगमले एअरबससँग जहाज ल्याउने सम्झौता गरेको थियो । निगमले कर्मचारी सञ्चय कोषबाट १० अर्ब ऋण लिएर न्यारोबडीका दुईवटा जहाज खरिद गर्ने निर्णय गरेको थियो। गतवर्ष चैतमा भएको सम्झौता अनुसार एउटा जहाजको मूल्य सात करोड ५० लाख अमेरिकी डलर पर्ने छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment