अब संसार भर यूट्यूब सधैंका लागी बन्द !

मिडिया एनपी, इस्लामावाद । पाकिस्तानमा भिडियो शेयरिङ साइट यूट्यूबलाइ सधैका लागी बन्द गरिएको छ । यहाँका एक्सपर्ट्सले बताए अनुसार यस मुसलमान बहुल्यता भएको यस देशमा अफेन्सिभ कन्टेन्ट फिल्टर गर्न कुनै बाटो नभएपछि यो निर्णय गरिएको हो । यसैले अब यो साइटलाइ सधैंका लागी पाकिस्तानमा बन्द गरिएको छ ।

भिडियो शेयरिङ वेबसाइट यूट्यूब पाकिस्तानमा सेप्टेम्बर २०१२ देखिनै बन्द थियो । यूट्यूबमा ‘इनोसेन्स अफ मुस्लिम्स’ नामको एक विवादास्पद फिल्मको स्क्रीनिङ पछि पाकिस्तान प्रशासनले यसलाइ ब्लक गरिदिएको थियो । पाकिस्तानको सुप्रीम कोर्टले एक आदेशमा जब सम्म यस्ता भडकाऊ र ईश-निन्दा गर्ने कन्टेन्टलाइ ब्लक गर्ने बाटो खोजिँदैन, त्यस बेला सम्म यो साइटलाइ बन्द गरिनेछ ।
पाकिस्तानमा सूचना प्रविधि तथा दूरसञ्चार मन्त्री अनूषा रहमानले सिनेटमा गत शुक्रबार यस सम्बन्धमा कयौं पटक विचार विमर्श गरिएको थियो, तर अबस्था भने सधै जस्ताको तस्तै भएको थियो । एक वरिष्ठ सरकारी अधिकारीले समाचार एजेन्सी एएफपीलाइ भने कि ‘सरकार कुनै रिस्क उठाउन चाहँदैन । यसैले यूट्यूब अनब्लक गर्नु अघि उ सुनिश्चित गर्न चाहन्थ्यो कि अनब्लकिङ पछि कुनै अफेन्सिभ कन्टेन्ट पाकिस्तानमा नदेखियोस।’
अधिकारीले यो पनि बताए कि ‘अहिले सम्म कुनै पनि यस्तो टूल वा सोल्यूशन भेटिएन, जसले अफेन्सिभ कन्टेन्टलाइ पूर्ण रूपमा ब्लक गर्न सकियोस् । यसैले यूट्यूब अगाडी पनि ब्लक्ड नै रहनेछ ।’
पाकिस्तानमा ईश-निन्दाका नाममा प्राय सधैंजसो वीभत्स हिंस्रक दंगाहरू भैरहने गर्दछन । पाकिस्तानमा फ्रि स्पीचका हिमायतीहरू यस प्रकारको धर्मको रक्षा वा अश्लीलतालाइ रोक्ने नाममा बढ्दै गैरहेको यस प्रकारको सेन्सरशिपलाइ सधै बिरोध गर्दै आइरहेका छन । उनीहरू यूट्यूबमा लगाइएको प्रतिबन्धलाइ पनि नागरिक अधिकारको हनन भएको बताइरहेका छन ।source:media np

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget