भारतको मनिपुरमा ६.७ रेक्टर स्केलको भूकम्प, नेपालसम्म धक्का

काठमाडौं – भारतको मनिपुर राज्यमा ६.७ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानिय समय अनुसार बिहान ४ बजेर ३५ मिनेट जाँदा म्यान्मार र भारतको सीमा नजिकै भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु मनिपुरको तामेङलोङ क्षेत्रमा रहेको र जमिनको सतहभन्दा १७ किलोमिटर मूनि रहेको छ ।

भूकम्पको धक्का बंगलादेशदेखि नेपालको पूर्वी पहाडी जिल्ला झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा,मोरङ,सुनसरीमासमेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पमा परेर हालसम्म तीन जनाको मृत्यु भएको र १ सयभन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मानिसहरु त्रासका कारण सडकमा आएका छन् भने उद्दारका लागि टोली खटिसकेको बताइएको छ ।
इन्डियन र युरेसियन प्लेटको टकरावका कारण भूकम्प आएको अमेरिकन जियोलोजिकल सर्भेले जनाएको छ ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget