भारतले नेपालालाई पठायो अनौठो सन्देश : चीनका कारण वीरगन्जमा नाकाबन्दी !

काठमाडौं – प्रधानमन्त्री केपी ओलीलई केही च्यानलहरुले भारतीय संस्थापनको तर्फबाट अनौठो खबर दिए – चीनले नेपाललाई नाकाबन्दी गरिरहेको छ तर नेपाल बोल्दैन । भारतले नाकाबन्दी नै गरेको छैन, तैपनि किन झुठो प्रचार ? भारतले होइन, चीनले चाहिँ नाकाबन्दी गरिरहेको सप्रमाण भारतले होइन चीनले चाहिँ नेपाललाई
नाकाबन्दी गरिरहेको सप्रमाण भारतले दावी गरेपछि उच्च सरकारी तहमा खैलाबैला मच्चियो । भारतले स्पष्ट सन्देश दियो – अरु नाका खुकुलो पार्छौं तर रक्सौल नाकाचाहिँ खोल्दै खोल्दैनौं । नेपालको मुख्य नाका नै रक्सौल हो । रक्सौलबाट नेपालको सत्तरी प्रतिशत आयात–निर्यात हुन्छ । रक्सौल नखुल्नु भनेको नाकाबन्दी यथावत रहे सरह हो । रक्सौल नखोलेर अन्य नाका खोल्ने हो भने के अर्थ भयो ?

नेपालको संविधान २०७२ संशोधनको प्रक्रिया चलिरहेको , मन्त्रिपरिषद्ले तीन बुँदे निर्णय गरेको, सो निर्णयको भारतले औपचारिक रुपमै स्वागत गरेको, नाका केही खुल्ला भएको अवस्थामा भारतीय संस्थापनले यस्तो अनौठो सन्देश पठाएपछि प्रधानमन्त्री ओली आत्तिए । भारतले मन्त्रिपरिषद्को तीन बुँदे स्वागत गरेपछि पनि रक्सौल नाका नखोल्ने नेपछि प्रधानमन्त्री ओलीले भारतले धोका दिएको अभिव्यक्ति दलीय बैठकमा दिए । आजको साँघु साप्ताहिकमा खबर छ ।
ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget