माधव नेपाल र बामदेव गौतमले रक्सी पिउँदै, ज्ञानेन्द्रको सुराकी गरेपछि… !

काठमाण्डु, १९ पुस– वरिष्ठ पत्रकार एवं जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले नेपालमा दरबारले चालेका प्रतिगामी कदमदेखि पछिल्ला उथलपुथलका घटनाहरुलाई समेटेर लेखिएको पुस्तक प्रकाशनको तयारी गरिरहेका छन् ।

माघ १९ को महाभारत नाम दिइएको सो पुस्तकको कथावस्तु राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते चालेको प्रतिगामी कदमसँगै सुरु भएको लेखक श्रेष्ठले आफ्नो फेसबुकमा स्टाटस् लेख्दै प्रस्ट पारेका छन् ।
लेखक श्रेष्ठले सोही महिनाको माघ १८ गते बेलुका राजधानीको बबरमहलमा आफुसहित केही नेता, लेखक र सैनिक जनरल लगायतको रोमाञ्चकारी जमघट रहेको र दरबारले चाल्न थालेको अकल्पनीय कदमबारे भलाकुसारी भएको रहस्य समेत खोलेका छन् ।
जमघट कसको निवासमा भएको थियो भन्ने रहस्य नखोले पनि कुनै दरबार निकट व्यक्तिकै हुनसक्ने सो समूहको जमघटको पृष्ठभूमिमा देखिएको एउटा तस्वीरले प्रमाणित गरेको छ । सो तस्वीर कुनै पूरानो सैनिक जनरलको जस्तो देखिन्छ ।
जहाँ माधव नेपाल र वामदेव गौतम पनि देखिन्छन् र उनीहरुको अगाडि कुनै पेय पदार्थको गिलास प्रस्टै देखिन्छ । सो जमघटमा कस–कसको उपस्थिति थियो, र को–को उपस्थित हुन सकेनन् ? प्रस्तुत छ, लेखक श्रेष्ठले लेखेको स्टाटस्को पूर्ण अंश:
त्यो क्षणस् राजा ज्ञानेन्द्रले ‘कू’ गर्नु एक दिनअघि ०६१ माघ १८ गते राति बबरमहलमा बार्बरा एडम्स,बामदेव गौतम,माधवकुमार नेपाल, तुलसा थापा, चुडामणि भट्टराई, लेफ़्टिनेण्ट जनरल कुलबहादुर खड्का,काठमाण्डौका प्रजिअ बामनप्रसाद न्यौपाने, उपत्यका प्रहरी प्रमुख अशोक स्रेष्ठ, काठमाण्डौका प्रहरी इन्चार्ज इन्द्र न्यौपाने,अमेरिकी दूतावासकी प्रवक्ता कन्स्ट्यान्स कोल्डिंग जोन्स,कोरियाली राजदूत,चिनियाँ पोलिटिकल सेक्सनका साथीहरु र हामी । प्रधानमन्त्री शेरबहादुर देउवा पनि आउँदै थिए तर बीचैमा दरबारले बोलाएर आउन पाएनन्, ग्रिहमन्त्री पूर्णबहादुर खड्का आए,उनले त्यहीबेला भनेअनुसार छिट्टै केही गड्बड हुँदैथियो तर तिथिमितिको यकिन चाहिं थिएन । यही जमघटबाट मेरो पुस्तक प्रारम्भ भएको छ(ुमाघ १९ को महाभारतु ।
त्यसयता समय र घटनाक्रम अकल्पनीय ढँगबाट अघि बढेका छन्,अझै अनेकथरि रमिता देख्न पाइनेछन् ।
kathmandutoday-

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget