भारतीय हस्तक्षेपविरुद्ध विप्लव माओवादी सडकमा

फोटो :भारतीय हस्क्षेपको विरोधमा सडकमा उत्रेका विप्लव माओवादीका कार्यकर्ता । तस्बिर : सुरेन्द्र काफले
नेपालगन्ज : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नेपालगन्जमा प्रर्दशन गरेको छ ।

‘राष्ट्रिय स्वाभिमान र जनअधिकारका लागि एकीकृत युवा अभियान’ मुल नाराका साथ विप्लव माओवादी सडकमा उत्रेको हो ।

भारतीय हस्तक्षेप र नाकाबन्दी अन्त्य गर्न माग गर्दै नेपालको राष्ट्रिय झण्डसहित उनीहरु प्रर्दशनमा उत्रिएका हुन् ।

रातो पोशाकमा सडकमा उत्रिएको माओवादीले सीमाना रक्षाको लागि तत्काल सीमा सुरक्षाबल गठन गर्न सरकारसँग समक्ष माग गरेको छ ।


विप्लव माओवादीका कार्यकर्ताहरुले मधेसी र थारुसहित अन्य वर्ग, क्षेत्र र समुदायको आन्दोलनको राजनीतिक समाधान गर्न माग गरेको छ ।

माओवादीको नेतृत्वमा राष्ट्रलाई स्वाधीन बनाउने वैकल्पिक व्यवस्थाको अभियानमा लामबद्ध हुन पनि जनतालाई अपिल गरेको छ ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget