भारतको हवाई अड्डा आक्रमणमा मारिनेको सङ्ख्या ६ पुग्यो

नयाँ दिल्ली, २० पुस-
भारतको उत्तरी राज्य पञ्जावमा अवस्थित भारतीय हवाई अड्डामा शनिबार भएको आतङ्ककारी आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।

पाकिस्तानको सीमा क्षेत्रमा रहेको यस आतङ्ककारी आक्रमणमा तीन भारतीय हवाई बल (आइएएफ) का सदस्यको घटनास्थलमै मृत्यु भएको थियो ।

सो आक्रमणमा घाइते भएका अन्य तीन जनाको गएराति मृत्युभएपछि सो सङ्ख्या छ पुगेको वरिष्ठ प्रहरी अधिकारीले आइतबार बताउनुभएको छ ।

सो आक्रमणमा परी अन्य नौ आइएएफ सदस्य घाइते भएका र तीमध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ ।

पञ्जाव राज्यको पठानकोटमा रहेको यस हवाई उड्डामा बन्दुकधारीहरुको समूहले स्थानीय समयाअनुसार शनिबार करिब ३ः३० आक्रमण गरेपछि सुरक्षाबल र बन्दुकधारीबीच भएको करिब ५ घण्टा लामो झडपमा चारजना आतङ्ककारीको मृत्यु भएको जनाइएको थियो ।

भारतको राजधानी नयाँ दिल्लीबाट ४३० किलोमिटर उत्तरमा रहेको पठानकोटमा अवस्थित हवाई अड्डामा सो आक्रमण भएको हो ।

इस्लामाबादस्थित पाकिस्तानी विदेश मन्त्रालयले हिजो यस आतङ्ककारी आक्रमणप्रति खेद व्यक्त गर्दै भारत सरकार र भारतीय जनता तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको थियो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा घटनामा घाइते भएका भारतीय नागरिकको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ

विज्ञप्तिमा पाकिस्तान आतङ्कवादविरुद्ध लड्न भारत र आतङ्कबादले सताएको अन्य राष्ट्रसँग सहकार्य गर्दै अघि बढ्ने छ भनि भनिएको छ । सिन्ह्वा
etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget