सरसफाई अभियानमा लागिपरेको यो जोडीले जाडो मौसममा न्यानो कपडा नपाएर पीडित बनेका भूकम्प प्रभावितहरुलाई ब्ल्याङ्केट वितरण गरेका हुन् । सिन्धुपाल्चोकको बराम्ची गाविसका भूकम्प पीडितलाई यो जोडीले ब्ल्याङ्केट वितरण गरेको हो ।
अत्याधिक चिसोका कारण भूकम्प पीडितको मृत्यु हुन थालेपछि आफूहरुले यो कदम चालेको सितारामले बताए । उनले ८ सय १६ परिवारलाई न्यानो ब्ल्याङ्केट वितरण गरेको जानकारी दिए । धुुर्मुस-सुन्तलीको विशेष पहलमा ‘नेपाली समाज टेक्सस अमेरिका’ले सिंगो गाविसलाई नै न्यानो कपडा सहयोग गरेको हो । करिब २० लाख बराबरको ब्ल्याङ्केट वितरण गरिएको सितारामको भनाई छ ।
भूकम्पबाट बाँचेकाहरुको समेत चिसोले ज्यान लिन थालेपछि जती सक्दो धेरै परिवारलाई न्यानो दिनका लागि यो पहल थालिएको धुर्मुसले जानकारी दिए । उनले भने-‘सरकारले सबै जनतालाई न्यानो दिन सकिरहेको छैन । केही मानिसलाई भएपनि चिसोबाट बचाउन यो पहिल थालेका हौं ।’ यसअघि यो जोडीले दोलखाका ७५ परिवारलाई ब्ल्याङ्केट वितरण गरेको थियो ।
दिनमा जसोतसो जीवन गुजारेकालाई रातमा पर्ने शित्तले समस्या भएपछि यो पहल थालिएको कुञ्जना घिमिरेले बताइन् । नेपाली समाज टेक्सस अमेरिकाका संयोजक मधुसुधन उपाध्यायले भूकम्प प्रभावितका लागि पारदर्शी काम गर्नका लागि धुर्मुस-सुन्तली फाउन्डेशनमार्फत न्यानो कपडा वितरण गरिएको बताए । आफूले मात्र सहयोग गर्न नसकेपछि यो जोडीले सहयोगका लागि देश तथा विदेशमा रहेका नेपालीसँग पहल गरिरहेको छ । dhurmus-in-sindupalchok
एक जोडी कलाकारले सिंगो गाविसलाई नै न्यानो दिनु आफैमा ठूलो कुरा भएको स्थानिय जितबहादुर तामाङले बताए । चिसोका कारण निकै समस्या भएपनि सरकार उदासिन बनिरहेको समयमा धुर्मुस-सुन्तलीले गरेको कामले आफ्ना लागि सरकार नै यो जोडी भएको स्थानिय पुतली मगरले बताइन् ।
onlinekhabar
Post a Comment