दीर्घकालसम्म आर्थिक सम्बन्ध जोड्न चीनले राखेका तीन प्रस्ताव यी हुन्

काठमाण्डु, २१ पुस– चीनले दीर्घकालीन आर्थिक सम्बन्ध विस्तारका लागि नेपालसमक्ष पेस गरेका तीनवटा नयाँ प्रस्तावमाथि सरकारले छलफल थालेको छ ।
अन्तर्देशीय ‘हाई भोल्टेज’ विद्युत् प्रसारण लाइन निर्माण, अन्तर्देशीय विशेष आर्थिक क्षेत्र स्थापना र अन्तर्देशीय ग्यास पाइपलाइन निर्माण गर्ने सम्बन्धी चिनियाँ प्रस्तावमाथि छलफल सुरु भएको सरकारी अधिकारीहरूले जानकारी दिए ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको द्वीपक्षीय भेटमा दीर्घकालीन रूपमा आर्थिक सम्बन्ध विस्तार गर्नका लागि चिनियाँ पक्षले यी तीन नयाँ प्रस्ताव पेस गरेको स्रोतले जनायो । ‘यी तीनवटा नयाँ विषयमा चीनले विशेष जोड दिएको छ । त्यसमा सम्बन्धित मन्त्रालयले आवश्यक गृहकार्य गर्ने भनिएको छ,’ स्रोतले भन्यो । अन्नपूर्ण पोस्ट्बाट
kathmandutoday

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget