छिट्टो रिस उठ्ने समस्या हैरान हुनुहुन्छ ? यदी हुनुहुन्छ भने यसो गर्नुहोस

अचानक रिस उठ्ने आफ्नो बानी देखेर वाक्क हुनुभएको छ ? हामीमध्ये धेरैलाई रिसाउनु राम्रो होइन भन्ने थाहा छ, तर यति हुँदा हुँदै पनि स्वभाव र परिस्थितीले मानिसहरु पटक–पटक रिसाइरहेका हुन्छन् । यस्तो बानीले धेरै मानिसहरुलाई हानी पनि पुर्याइरहेको हुन्छ । रिसलाई यदि शान्त गरिएन भने यसले ठूलो रुप लिन सक्छ जसले रिसाउने मानिसलाई त नकारात्मक असर पुर्याएको हुन्छ भने उनको व्यवहारले उनका वरिपरि हुने मानिसहरुलाई समेत प्रभाव पारेको हुन्छ । आज हामी तपाईंलाई रिस शान्त पार्ने तरिका बताउँदैछौँः

ग्रीन टी पिउनुहोस्ः
ग्रीन टी थियेनिनको राम्रो स्रोत हो । यो त्यो केमिकल हो जसले रिस कम गर्दछ ।
एक चम्चा महः
महमा दिमागको गर्मीलाई कम गर्ने क्षमता रहेको हुन्छ । अर्थात यसले डिप्रेशन र तनावबाट मुक्ति दिन्छ ।
आफूलाई मनपर्ने गीत याद गर्नुहोस्ः
आफूलाई मन परेको गीत याद गर्नुहोस् र त्यसलाई जति आउँछ त्यति गुनगुनाउनाले पनि तपाईंको रिस कम हुने गर्दछ ।
चकलेट खानुहोस्ः
चकलेट खाँदा स्ट्रेस हर्मोन कोर्टिसोलको स्तर ठिक हुने गर्छछ जसले मेटाबोलिजम स्टेबलाइज हुने गर्दछ ।
चुइङगम चपाउनुः
मात्र ५ मिनेट चुइङगम चपाउनाले कोर्टिसोल स्तर कम हुने गर्दछ जसले तनाव पनि कम गर्दछ ।
उल्टो गन्तीः
नम्बरको संख्यालाई उल्टोतर्फबाट गन्नुहोस् जस्तै १०,९,८,७,६,५… । यसले तनाव कम गरेर तपाईंको रिसलाई पनि कम गर्दछ ।
आँप खानुहोस्ः
लिनालूल नामको कम्पाउन्ड आँपमा पाइन्छ जसले स्ट्रेस लेभललाई कम गर्ने गर्दछ ।
तकियामा टाउको राख्नुहोस्ः
तपाईंलाई निन्द्रा हटाउनको लागि लामो निन्द्राको आवश्यक पर्दैन । केहि बेर तकिया, स्पोन्ज अथवा कुसनमा आफ्नो टाउको अड्याउनुहोस्, यसले तपाईंको तनावको स्तरलाई कम गर्ने गर्दछ ।
छुट्टीको योजना बनाउनुहोस्ः
छुट्टीमा यदि जाँदै हुनुहन्छ अथवा जाँदै हुनुहुन्न भने पनि त्यसको योजना बनाउनुहोस् । रिस उठेको बेलामा छुट्टीको योजना बनाउँदा यसले तपाईंलाई आनन्दित महसुस गराउँछ । यसका साथै पर्यटकीय स्थलको सूची पनि हेर्नुहोस् ।
बलमाथि खुट्टा घुमाउनुहोस्ः
रिस उठ्दा केहि बेर बलमाथि आफ्नो खुट्टा घुमाउनुहोस् । यसले फिजिकल र मेन्टल दुबैको व्यायामको काम गर्दछ । यदि गोल्फ बल हुन्छ भने झन् राम्रो ।
कपाल कोर्नुहोस्ः
आफ्नो कपालमा १०–१२ पटक काँइयो अथवा ब्रस घुमाउँदा तनाव कम हुने गर्दछ र तपाईं आनन्दित महसुस गर्नुहुन्छछ । यसले मसाजको काम गर्दछ र आनन्दित बनाउँछ ।
झ्यालबाट बाहिर हेर्नुहोस्ः
पाँच मिनेटको लागि झ्यालबाट बाहिर हेर्नुहोस् । बाहिर यदि रुख वा हरियाली छ भने राम्रो मानिन्छ ।
लेखेर हेर्नुहोस्ः
एउटा कागजमा केहि बेर लेख्नुहोस्, ‘आज म तनावमा छु….. आज म तनावमा छु ।’ यस्तो तरिका पनि निकै प्रभावकारी हुनेछ ।
बास्नाः
आफूलाई मनपरेको फरफ्युमको बास्ना लिनुहोस् । अथवा कफीको बास्ना लिँदा तनाव कम हुने गर्दछ ।
-दैनिक खबर फेसबुक पेज बाट सभार

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget